कलश खरेल
सायद बिदेशिनु अधिकांश नेपालीको बाध्यता र बिबशता नै होला त्यो पारीप्रेक्ष्यमा त्यो गहिराइमा विश्लेषण गर्नु नपर्ला। यद्दपी आफ्नो देश,मातृभुमी,माटोको करुणा ,स्नेह र मायाले हरेक पल, हरेक क्षण ती गौरबशाली नेपालीहरुलाई झकझकाइरहेको हुन्छ। पुनर्ताजगी मानसपटलमा हुने मातृभुमीका ती कल्पहरुलाइ जिबन्त राख्न बिदेशी भुमिमा बसेका नेपालीहरु अहोरात्र खटिएको हामीमाझ जगजाहेर नै छ।आफ्नो देशको सम्बृद सस्कृती, अविस्मरणीय भाषा,कला ,साहित्यको प्रारुपलाइ सशक्त र मजबुत बनाउने उद्देश्यले सन २०१२ अगस्त २६ गते पोल्यान्डमा अन्तरास्ट्रिय नेपाली कलाकार समाज इनासको स्थापना भएको थियो। त्यतिखेर पाँच देखि सात जनाबाट स्काइप मिटिङ हुँदै थोरै समुह बिना माइक युरोपमा रहेका केही साधारण व्यक्तिहरु जसले नेपाली कला सन्स्कृतिलाई माया गर्दथे तिनै व्यक्तिहरुको थोरै व्यक्तित्वहरुको नेतृत्वमा गठन गरिएको इनास हाल विश्वका ७२ देशमा बिस्तार भएको छ।
पछिल्लो समय इनास पोल्यान्डको नेतृत्व जागरुप,सकृय ,उर्जाशिल युबाका ढुकढुकी श्री कृष्ण न्यौपानेले गरिरहेका छन् । हालैका दिनहरुमा पोल्यान्ड इनास पनि सकृया रुपले अगाडि बढिरहेको देख्न सकिन्छ । इनास पोल्यान्डले भाषा,साहित्य ,कला सम्बर्द्धन र प्रबर्द्धन गर्ने सबालमा कुनै कसर बाकी नराखेको श्री कृष्ण बताउछन् यद्दपी हालै मात्र इनास पोल्यान्डको अगुवाइमा सम्पन्न भएको महानायक राजेश हमाल सङ्ग इनास साङ्गीतिक साझको सन्दर्भमा केही गम्भीर प्रश्नहरु उठेका थिए।त्यो लगायत बिबिध सेरेफेरोमा पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले इनास अध्यक्ष श्री कृष्णसमक्ष निकै चासो पुर्बक विशेष सम्बाद गरेका थिए।अब बाकी यहि भिडियोबाट ….
Poland Nepal विशेष सम्वादमा इनास पोल्यान्ड अध्यक्ष श्री श्री कृष्ण न्यौपाने