कलश खरेल वारसवा
पोल्यान्ड
बिगतदेखिनै अधिकाम्स नेपाली जनमानस बृत्तमा नेपालमा उत्पादित सामान निम्न स्तरिय,गुणस्तरको मापनमा निस्कृय,जिबन्त नहुने जबर्जस्त मान्यता स्थापित भएको परिपे क्षमा पछिल्लो समय नेपाली उत्पादन बिश्व बजारमा प्रतिस्पर्धात्मक र गुणात्मक बनाउनु पर्छ भन्ने सिद्धान्तको बिकाश हुनु र नेपाली ब्यबसायी पनि नवीनतम प्रबिधिको प्रारुपलाइ तत्कालनै अनुशरण गर्नु अत्यन्त सकारात्मक पक्ष हो।यस्तै सेरोफेरो र नेपाली उत्पादनलाई अन्तरास्ट्रिय बजारमा प्रबर्द्धन गर्ने उद्देश्यले युरोपेली रास्ट्र पोल्यान्डमा पनि एक गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पोल्यान्डको वार्सामा एस एम एस सर्विस तपाइको लागि नामक अनलाइन कम्पनीको अगुवाइमा आयोजित उक्त कार्यक्रममा विभिन्न संघ-सस्थाका रेस्टुरेन्टका प्रमुख,बुद्धिजिबि एबम पोल्यान्डमा रहेका नेपाली जागरुप युबा -युबतिको उपस्थिति थियो।खासगरी युरोप बजारमा नेपालमा उत्पादित कफिलाई कसरी प्रतिस्पर्धात्मक गराउन सकिन्छ एबम प्रबर्द्धन गर्न सकिन्छ भन्ने सन्दर्भमा बक्ताहरुले आफ्नो धारणा प्रस्तुत गरेका थिए।
गोष्टिको सुरुवातमा बोल्दै एस एम सर्विसका संचालक एबम पानी अभियानकर्ता मित्रलाल पार्देले भने यहाका नेपाली एबम इन्डियन ब्यबसायिले नेपालित्व झल्काउने नेपालको सान कफि प्रयोग गरेर प्रबर्द्धन अभियानमा सहयोग गर्नु पर्छ ताकी नेपालका ब्यबसायिलाइ प्रेणाको पथ मिलोस।त्यसैक्रममा गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारिले होटेलले नेपाली कफिलाइ बिक्रि वितरणमा पहिलो प्राथमिकता राख्ने र सम्बर्द्धन र प्रबर्द्धनमा कुनै कसर बाकी नराख्ने बताए।एकदमै भावुक भएका तिवारिले हामी नेपाली हौ कुनै समय नेपालकै जिल्ला गुल्मी कफि उत्पादनमा अब्बल स्थानमा थियो उचित संरक्षणको अभावमा त्यो दिगो हुन सकेन तर त्यो अबस्थाको पाठ सिक्दै युरोप बजारमा नेपालको उत्पादन प्रबर्द्धन गर्ने सबालमा दत्तचित्त भएर लाग्ने उदघोष गरे।त्यसैक्रममा पत्रकार एबम गुल्मी समाज पोल्यान्डका सचिब कलश खरेलले यो सम्पुर्ण नेपालिको लागि देशको चिनारिलाइ प्रख्यात बनाउनु सुबर्ण अबसर भएको र युरोपमा बसोबास गरिरहेका युबाबर्ग विशेष जागरुपताका साथ प्रचार -प्रसारमा लाग्नु पर्ने बताए।कार्यक्रममा प्रवासी नेपाली एकता मन्च पोल्यान्ड संयोजक टंक कटुवालले नेपाली ब्रान्डलाई युरोपमा प्रमाणीकरण गरेर बजारमा आक्रामक भएर प्रतिस्पर्धामा तल्लिन हुनुपर्ने भनाइ राखेका थिए।
उक्त कार्यक्रममा नेपाली कफि प्रचारका मुख्य अभियानकर्ता जर्मनी अस्टृया हुदै पोल्यान्ड आएका एस एम एस फ्रील्यान्सर शरद शर्माले ले युरोप बजारमा सुन्दर देश नेपालको चिया र कफिलाइ उपभोक्ताको आकर्षण बढाउन गुणस्तरमा कुनै सम्झौता नगर्ने तर अब्बल दर्जामा पुर्याउन यहाका नेपाली ब्यबसायी एबम नेपालीहरूको सहयोगि मननै पहिलो केन्द्रबिन्दु हुने बिस्वास बेक्त गरे। उक्त कार्यक्रममा नेपाल भ्रमण समय समयमा गरेकी पोलिश नागरिक जोजाको पनि उपस्थिति थियो ।आफु यस किसिमको कार्यक्रमबाट धेरै खुशी लागेको र नेपाली वस्तु पोल्यान्ड बजारमा पनि प्रचार प्रसार गर्न साथ दिने उदघोष गरेकी थिइन् । युरोपियन देश जर्मनी,स्वीजरल्याण्ड लगायत अन्य देशमा पनि प्रचार-प्रसारका लागि भोलीनै प्रचार टोलि त्यसतर्फ लाग्ने बताइएको छ।स्मरण रहोस एस एम सर्विसका संचालक, सामाजिक बिकासका पहरेदार एबम पानी अभियानकर्ता पार्दे नै यस अभियानका मुख्य सम्बाहाक र योजनाकार हुन तदअनुरुपनै यसले सफलताको बिन्दु पहिल्याउनेमा कुनै सन्देह देखिदैन किनकी सोच र प्रतिबद्धा अनुरुपनै बिगतमा दाङ्गमा पानी अभियान निरन्तर संचालन गरेका पार्दे एक रास्ट्रसेबक नागरिक हुन।
स्मरण रहोस् उक्त कार्यक्रममा मन्डेला रेस्टुरेन्ट , हिमालयन यति रेस्टुरेन्ट म्याङो रेस्टुरेन्ट लगायतले मेनुमा नेपाली कफी तथा चिया पनि राख्ने उदघोष गरेका थिए ।