“महानायक सँग ईनास सांगीतिक साँझ २०७५” पोल्याण्डमा सम्पन्न

DSC_248ASDF
२४.०९.२०१८
वारसवा पोल्याण्ड

अन्तराष्ट्रिय नेपाली कलाकार समाज पोल्यान्डको आयोजना एबम ईनास पोल्याण्ड र आश्विन परियारको संयुक्त प्रस्तुतिमा Club Mirage, plac Defilad 1, 00-901 Warszawa (place of culture building/ Pałac Kultury) मा
नेपाली सिने उद्द्योगका महानायक राजेश हमाल का साथमा “महानायक सँग ईनास सांगीतिक साँझ २०७५” २० सेप्टेम्बर २०१८ सम्पन्न भएको छ !
“महानायक सँग ईनास सांगीतिक साँझ २०७५” कार्यक्रम का लागि महानायक का साथमा चलचित्र निर्माता द्दय सुभाश कार्की र सुभास भुर्तेल पनि आफ्नो चलचित्र ची मुसी ची को प्रदर्शनका लागि पोल्याण्ड आएका थिए भने कार्यक्रममा अतिथिका रुपमा ३३ बर्ष पहिला रेडियो नेपाल बाट स्वर परिक्षा पास गरेर सांगीतिक यात्रा तय गरेका राजेन्द्र लम्साल क्षेत्री लाई पनि निम्त्याईएको थियो भने कलाकार ऋचा भट्टाचार्य , ईनास ग्लोबल उपाध्यक्ष मित्रलाल पार्दे, गैर आवाशीय नेपाली संघ पोल्याण्डका सस्थापक अध्यक्ष डा. बोधराज सुबेदी,जनसम्पर्क समिति पोल्याण्ड का सभापति डा. एलिनी सुबेदी,प्रबासी एकता मंच पोल्यान्डका संयोजक टंक कटुवाल, गुल्मी समाज पोल्याण्ड का अध्यक्ष प्रकाश तिवारी लगायतका अतिथिका रुपमा निम्त्याईएको कार्यक्रममा पोल्याण्डका स्थानिय ब्याक्तिहरु एबम पोल्यान्डबासी नेपालीको चर्को उपस्थिति रहेको थियो । समाजका महासचिब सोम सैंजुले भने ” यति ठुलो संख्यामा सप्ताहको बिचमा भएको कार्यक्रममा दर्शकको उपस्थिति पहिलो पटक हो । ”

DSC_248ASDF.JPG
“महानायकका अगाडी सभानायक बन्ने मेरो हिम्मत भएन त्यसैले आजको कार्यक्रमको संचालक म आफै बन्दैछु” भन्दै कार्यक्रम संचालन गर्न शुरु गरेका समाजका अध्यक्ष श्रीकृष्ण न्यौपाने को कार्यक्रम संचालनको महानायकले समेत प्रसंसा गरेका थिए ! अपि न्यौपाने, गुञ्जन न्यौपाने र स्नेहा सापकोटा त्रयकन्या बाट फूलको गुच्छा प्रदान र खादा ओढाइ कार्यक्रम स्थलमा प्रवेश गराईएका महानायक रातको ९ बजे बाट बिहान २ बजे सम्म पोल्यान्डबासी नेपालीका साथमा रमाएका थिए ।

 

नेपाली रास्ट्रिय गित बाट शुरु भएको कार्यक्रममा ईनास पोल्यान्डका पर्यटन प्रबर्धन संयोजक अमित यादबले उपस्थित सबैमा स्वागत गरेका थिए भने बालकलाकार अपि न्यौपाने र गुञ्जन न्यौपाने ले स्वागत नृत्य प्रतुत गरेका थिए! ईनास ग्लोबल उपाध्यक्ष पार्दे NRNA पोल्याण्डका संरक्षक डा. सुबेदी ले महानायाकलाई पोल्याण्ड ल्याउन सफल ईनास पोल्याण्ड लाई बधाई एबम धन्यबाद दिएका थिए भने,ईनास संग सहकार्य गरेका आश्विन परियार र चलचित्र निर्माता कार्की ले महानायकको पोल्याण्ड यात्रा र ईनासको सहकार्यको चर्चा गरेका थिए ! बन्धु ईभेण्टस को नेपाली बाजा, स्थानिय कलाकार प्रतिमा थापा,सन्तोष अधिकारी ,सुसन परियार,रेनिशा न्याप्टि,कृष्ण ढकाल,गुञ्जन न्यौपाने अपि न्यौपाने लगायतका कलाकारको समेत प्रस्तुति रहेको कार्यक्रममा गायक राजेन्द्र लम्साल क्षेत्री को गायनले उचाई थपेको थियो । करिब १.५ घण्टा स्टेज आफ्नो जिम्मा लिएका महानायक हमालले ईनास पोल्याण्डले आयोजना गरेको यो कार्यक्रम एउटा ईतिहास बन्नेमा आफु बिस्वस्त भएको र यस् कार्यक्रमको निरन्तरताको कामना गरे । दोश्रो पुस्तामा नेपाली कला, सस्कृति, मौलिकता, भाषा र साहित्यको हस्तान्तरणका लागि ईनासले गरेको प्रयासको पटक पटक प्रसंसा गरेका हमालका आफ्ना चर्चित चलचित्रका डाईलक र नृत्यले कार्यक्रमको औचित्यता प्रष्ट पारेका थिए! उपस्थित सबै संग पारिबारिक भेटघाट जस्तै ब्यबहारका साथ भिड संगै नृत्य गरेका हमाल त्यसै महानायक भएका होईन रहेनछन् पोल्यान्डबासी नेपालीको एउटै स्वर थियो ।

DSC_ASDFG489.JPG
बिरल धोबी डिजे रहेको कार्यक्रमको ब्यबस्थापन मा ईनास पोल्यान्डका अमित कुमार यादब, महासचिब सोम सैंजु र अध्यक्ष श्रीकृष्ण न्यौपाने अहोरात्र खटिएका थिए भने आश्विन परियारले सम्पर्क संयोजन गरेका थिए भने नृत्य ब्यबस्थापन कल्पना न्यौपानेले गरेकी थिइन् । महानायक लगायतका अतिथि र कलाकारहरुको खानपिनको ब्यबस्थापन गर्ने लुम्बिनी नेपाली रेष्टुरेन्ट र हिमालय यति लगायत सम्पुर्ण प्रायोजक प्रति ईनास पोल्याण्ड कृतज्ञ छ ।

DSC_ASDFGASDFG83.JPG
पोल्यान्डको कार्यक्रम पश्चात महानायक ईनासकै संयोजनमा स्पेन, पोर्तुगल र बेल्जियम लागायतका देशहरुमा कार्यक्रममा रहेको समेत ईनास पोल्याण्डले जनाएको छ !

DSC_ASDFG306.JPG

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.