कलश खरेल
२२ सेप्टेम्बर, वार्सावा ।हरेक व्यक्ति सायदै अदभुत कला, सृजनामा दख्खल राख्ने काबिल सितारा बन्न सक्दैनन् तर कुनै व्यक्ति अभुतपुर्ब कला,क्षमता,बिलक्षण प्रतिभाका शब्दकोष नै हुन्छन्।त्यस्तै कमै व्यक्ति बिचमा गणना गर्दा अब्बल स्थानमा आउने नाम हो, उषा किरण पन्थ।निस्पक्ष,पवित्र एवं सत्य-तथ्य पत्रकारिता मार्फत बिकृती -बिसङ्गतिलाई उजागर गरेर सकारात्मक पाटाेलाई उकेल्दै जनचेतना फैलाउने सवालमा पहरेदारिको भुमिका निर्वाह गर्ने कुशल सन्चारिका एवं पत्रकार उषाकिरण पन्थ उत्कृष्ट गीतकार पनि हुन्।उनी बिगत देखि बर्तमान सम्म आइपुग्दा आमजनताको मानसपटलमा एक सर्बज्ञानि, सर्बगुणि,सुधिर,महाबिर,उर्जाबान, सन्चारजगतकी कुटिल हिमायती एवं अनुकरणीय गीतकारको रुपमा सुप्रसिद्ध छन्।
बुवा शेषनारायण पन्थ र आमा रक्ता देबि पन्थको कोखबाट गुल्मिको हर्दिनेटामा जेष्ठ सुपुत्रीको रुपमा सामान्य परिबारमा जन्मिएकी पन्थ हुने बिरुवाको चिल्लो पात भनेझै बाल्यदेखी नै चतुर,शालिन,लगनशील र जागरुप थिईन। परिवारमा केही समस्या पर्दा वा कठिनाइ सृजना हुँदा उनको भुमिका नै अभिभाबकिय हुने गर्दछ जस्ले हरेक पल हरेक क्षेण बुवा -आमा ,दाजु-भाइ र बैनिको निमित्त प्रेणाको सम्बाहक बनेर ढाडस प्रदान गरेकी छन्।जीवनकालमा अनगिन्ती आरोह -अबरोह आएतापनी कत्तिपनी बिचलित भैइनन् बरु संघर्षका प्रायलाई शक्तिमा रुपान्तरण गर्दै सफलताको शिखरमा पुगेर समाज र रास्ट्रका निम्ति दरबिलो खम्बा बनेर उदाएकी छन्।रुपन्देहीको सिद्धार्थ मेमोरियल एकेडमी रामापुरबाट एस.एल.सि उत्तीर्ण गरेकी पन्थले आइ .ए बालकुमारी उच्च मा. बि र स्नातक तह बिरेन्द्र बहुमुखी क्याम्पस चितवनबाट उत्तीर्ण गरेकी थिइन।बिधालय तहदेखी नै निबन्ध,साहित्य लेखनमा रुचि राख्ने पन्थले आयोजना हुने हरेकजसो प्रतीयोगीतामा सहभागी भएर उत्कृष्ट भएका दर्जनौं उदाहरण छन्।उनले आफ्नो प्रतिभा र दक्षता सिमित घेरा भित्र सन्कुचित पार्न चाहिनन फलस्वरूप २०६० सालमा दैनिक जनसघर्स (हाल साप्ताहि)का लागि चितवनबाट खबर सम्प्रेषण गरेर औपचारिक पत्रकारिता अध्याय सुरु गरिन।
आफ्नो तेजस्वी पत्रकारिता जारी राख्ने क्रममा बुटवल टुडे चितवन सम्बाददाता,सबैको पत्रीका दैनिक प्रबन्ध निर्देशक भएर पनि कार्य सम्पादन गरिन्।उनको तीक्षण र अनुसन्धानमुलक पत्रकारिताबाट अधिकांस चितवनबासी मन्त्रमुग्ध थिए।उनी कहिल्यै पनि निस्पक्ष धाराबाहिक खबर प्रबाहमा बिचलित नभएको विविध दिस्टान्तबाट पनि पुष्टि हुन्छ।लामो समय चितवन बसेर सेवा गरेकी पन्थ २०७० सालमा पुन: ५ मोफसलको राजधानीको रुपमा परिभाषित हाल ५ नम्बर प्रदेशको राजधानी एवं सन्चारमाध्यमको उद्गम बिन्दु रुपन्देहीको बुटवलमा फर्किईन्।सक्रियताको चाललाई बुटवलको चर्चित एफ. एम रेडियो रिपब्लिकमा स्टेजन म्यानेजर एवं फरक साप्ताहिकको प्रबन्ध निर्देशकमा प्रतिबिम्बित गरेर सामाजिक उत्तरदायित्व निर्बाह गरिरहेकी छन्।उनको ल्याकत र काबिलता पत्रकारिता अलबा गीतकार विशेषगरी रचनाकारमा पनि प्रप्रसंसनिय देखिएको छ।
२०७० सालमा उनको प्रस्तुतिमा बजारमा आएको आधुनिक गीत माया गर्छु भन्न डराउनाले त्यतिखेर सङ्गीतप्रेमिमाझ निकै लोकप्रिय बन्न सफल भएको थियो।त्यसपश्चात लगातार प्रकाशित एल्बम हाम्रो माया संसारकै आधुनिक गीतमा शब्द उषा किरण पन्थ,संगीत राजकुमार बगर स्वर अनिल पडाडिले भरेको उक्त गीतलाइ गायिका बिन्दु परियारको समधुर स्वरमा पनि स्वरबद्ध गरिएको छ भने सम्झना त आउछ गीति सङ्ग्रहमा शव्द उषा किरण पन्थ संगित अर्जुन प्रोखरेल एबम स्वर संगिता प्रोखरेलद्वारा सजिएको यस एल्बम ईन्टरनेशल बक्स अफिस म्युजिक अवार्डको टप फाईभ नोमिनेशन परि उत्कृष्टताको छलाङ्ग मार्न सफल भएको छ।बहुआयामिक गीतकार तथा रचनाकार पन्थका आधुनिक अलवा निकट भबिस्यमै बजारमा आउन लागेको सानी सानी नानी पप शैलीको गीतले पनि चर्चा पाउने अपेक्षा गरिएको छ।जस्तोसुकै परिस्थितिको सतही मुल्यांकन गर्न सक्ने,सामाजिक परिदृशयलाई मौलिकतामा समायोजन गरेर रोचक शब्द पर्दामा उतार्ने अद्दितीय क्षमताको धरोहर पन्थको दोहोरी गीत मायाको दियो जलाउ है पनि दर्शक श्रोता माझ उत्तिकै सर्बपृय बन्न सफल भयो।दशै तिहारलाइ लक्षित गरि गरिबिको यथार्थ पीडा,दर्द एबम आर्थिक निरिहताको विषयलाई समेटिएको गरिबका पिडा नामक बोलको गीतमा पनि पन्थकै शब्द संयोजन रहेको छ।उनको ब्यबस्थापकिय क्षमता,सरलता र रेडियोप्रतिको उच्च लगाबलाई कदर गर्दै दुई पटक सम्म सम्मानबाट बिभुसित भएकी छन्। हाल रेडियोको छाता संगठन वोडकास्ट एशोसिएशन अफ नेपालको केन्द्रीय सदस्य, सन्चार जगतकी प्रखर खम्बा एवं अनुकरणीय गीतकार उषा किरण पन्थबाट उदाउँदै गरेको नयाँ पुस्ताले सकारात्मक सन्देश ग्रहण गरेमा अवश्य फलदायी हुने देखिन्छ।