७२ मुलुकमा आफ्नो संजाल बिस्तार गर्न सफल इनासका केन्द्रीय अध्यक्ष पुष्प बरुवालले विभिन्न देशमा भैरहेको इनास गतिविधि प्रति खुशी व्यक्ता गरेका छन् । इनास पोल्यान्ड लगायत विभिन्न राष्ट्रिय समितिलाई आभार प्रकट गर्दै र खुशी व्यक्त गर्दै खबर सम्प्रेषित गरेका छन् ।
उनी लेख्छन्
एसियाका बहराइन, युएई, यूरोपका डेनमार्क, जर्मनी, नेदरल्याण्डस, अमेरिकाको क्याण्टकि च्याप्टर लगायत अन्य मुलुकहरु मा रहेका राष्ट्रिय समितिहरुद्वारा आयोजना भएका तीज तथा अन्य सांस्कृतिक कार्यक्रम अत्यन्तै सफल रुपमा समापन भएको पाउदा खुसी लागेको छ। तसर्थ, आयोजन इनास राष्ट्रिय तथा राज्य समितिहरुलाई धन्यवाद भन्न चाहान्छु। साथै अब अमेरिकामा आदरणीय निर शाह दाइ र यादब खरेल दाइको सम्मान तथा अन्तरक्रिया, पोल्याण्ड (युरोप) मा राजेश हमाल सहितको कार्यक्रम तथा य़ुएई (एसिया) मा मोडलिङ्ग अवार्डमा पूर्ण सहभागिता लगायतका कार्यक्रमहरु एकसाथ आयोजना हुनु आफैमा अति खुसीको कुरा हो। यसले पनि प्रष्ट पर्छ हाम्रो उद्देश्य, संस्थागत प्रतिवद्धता अनि निष्कर्षमूलक गन्तव्य ! यति उच्च कार्यक्रम आयोजना गर्नुहुने र सहभागिता जनाउनुहुने इनास अमेरिका, पोल्याण्ड र युएईलाई हार्दिक धन्यवाद सहित कार्यक्रमको उच्च सफलताको लागि शुभकामना भन्न चाहान्छु ! आगामी अरु ग्लोबल तथा क्षेत्रीय कार्यक्रमहरुका बारे अपडेट गराइनेनै छ।