तप्प तप्प
आँशु खसिरह्यो
आमा !! उनीहरुले पिटीरहे
नाई नाई भनिरहेँ
उनीहरुले जबरजस्त गरे
तिम्लाई जसै पुकारे
उनीहरुले मलाई मारे
आमा ! मेरो आत्मा
कापी र किताब हुदै
अम्बा र साईकलमै छ
आमा !! साईकल नफाल
त्यसमा हत्याराको निशानी छ
आमा !! अम्बा फाल्यौ कि त्यसमा
औँठा छाप छ
आमा !! मेरा कापीका पाना खाली छन्
किताब बाट सार्न नभियाएका
केहि शब्द लेख्न बाँकी थ्यो
« स्वतन्त्रता, समानता, सुरक्षा र न्याय «
माफ गर यो अभिभारा तिमिलाई
सुम्पेर म बिदा भएँ
माफ गर आमा !!
#JusticeforNirmala
श्रोत :अनुराधा पौडेलको भावनात्मक रचना उहाँको फेसबुक स्ट्याटसबाट साभार गरिइएको