भर्खरै तीज कार्यक्रम सम्पन्न गरेको इनास पोल्यान्डले पोल्यान्डमा फेरि महानायक राजेस हमालको साथमा एक साङितिक कार्यक्रम गर्न लागेको जानकारी इनास पोल्यान्डका अध्यक्ष श्री श्रीकृष्ण न्यौपानेले पोल्यान्ड नेपाललाई गराएका छन् ।
इनास पोल्यान्डको फेसबुक पेजबाट पनि उक्त जानकारी राखिएइएको श्री न्यौपानेले गराए । इनास पोल्यान्डको आयोजनामा आश्विन परियारको प्रस्तुतिमा सम्पन्न हुन लागेको उक्त साङितिक कार्यक्रममा २० गते सेप्टेम्बर उपस्थितिको लागि सबैलाई अनुरोध फेसबुक पेज मार्फत पनि गरिइएको छ ।
इनास पोल्यान्ड आधिकारिक पेजमा लेखिएको छ ।
“अन्तराष्ट्रिय नेपाली कलाकार सामाज पोल्याण्डको आयोजना र अश्विन परियार को प्रस्तुति महानायक राजेश हमाल को साथ मा यहि सेप्टेम्बर २० तारिकका दिन साँझ ठिक ८:०० बजेबाट
‘महानायक सँग ईनास साङ्गितिक साँझ’ कार्यक्रम हुने लागिरहेको सगर्व जानकारि गराउदै सम्पुर्ण पोल्यान्डबाशि नेपाली दाजुभाई दिदि बहिनि एबम नेपाली साहित्य कला र संगित प्रेमी ब्याक्तिहरुलाई सादर निमन्त्रणा गर्न चहान्छौ!
कार्यक्रमको स्थान – Club Mirage, plac Defilad 1, 00-901 Warszawa (place of culture building/ Pałac Kultury)
महानायक राजेश हमाल को बेजोड प्रस्तुति का साथ स्थानिय कलाकारको प्रस्तुति रहने कार्यक्रममा उपस्थित भैइ भरपुर मनोरन्जन लिनु हुन निबेदन गर्न चहान्छौ! ”