पछिल्लो समय यूरोपियन देश पोल्यान्डमा विभिन्न परिवेश,समुह,क्षेत्र तथा बिधालाइ समेटेर संघ -सस्था निर्माण गर्ने परिपाटी बढदै गएको छ।यसको सकारात्मक प्रभाव नै तिब्र बिकास प्रबाहमा सम्बद्ध व्यक्तिहरुको सक्रियता र जागरुपता उच्चतहमा वृद्धि हुने देखिन्छ।यहि सेरोफेरोमा हालैमात्र गठन भएको गुल्मी समाज पोल्यान्डले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अबसरमा भब्य-सभ्य एबम अनुशासित कार्यक्रम गरेर आमजनमानसमा दरबिलो छाप छोडन सफल भएको छ।हिजो पोल्यान्ड को वारसवा पोल्नामा अबस्थित हिमालय यति होटलमा गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारीको सभापतित्व एबम अन्तरास्ट्रिय कलाकार समाज (इनास)का केन्द्रिय उपाध्यक्ष,पानी अभियानकर्ता तथा अनलाइन खबर पोल्यान्ड नेपालका प्रधान सम्पादक मित्रलाल पार्देको प्रमुख आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो।
गुल्मी समाज पोल्यान्डका सचिब कलश खरेलले सन्चालन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी पार्देले शुभकामना मन्तब्य दिदै आफ्नो क्षेत्र,भेग र स्थानको कला,सस्कृती,परम्परा संरक्षण र प्रबर्द्धन गर्दै समग्र गुल्मी जिल्लाको बिकासमा गुल्मी समाज पोल्यान्ड कोसेढुङ्गा साबित हुने बिशबास व्यक्त गरे।जागरुक व्यक्तित्वहरु सम्मिलित संस्थाले आफ्नो क्षेत्र र भेगको बिकास गर्छु भन्छ भने त्यो पबित्र अभियानमा नकारात्मक टिप्पणी गरेर बाधक बन्न नहुने प्रमुख अतिथी पार्देले बताए।समग्र गुल्मिको बिकास हुनु नै मातृभुमि नेपालको बिकास सरह नै भएको अत्यन्त रास्ट्रप्रेम भावना व्यक्त गरे।त्यसैगरि विशेष अतिथी गैरआबासिय नेपाली सघ पोल्यान्डका उपाध्यक्ष जीवन केसिले महिलाहरूको पर्व हरितालिका तीजलाई विशेष महत्व दिएर कार्यक्रम गर्नु गुल्मी समाज पोल्यान्डको प्रशंशनीय कार्य भएको बताए।शुभकामना मन्त्यब्यकै क्रममा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनास पोल्यान्डका अध्यक्ष श्री कृष्ण न्यौपानेले परोपकारी कार्यको साथमा सस्थाले भाषा,साहित्य,कला,सस्कृतिको समुज्वल बिकासमा विशेष ध्यान दिनु पर्ने बताएका थिए।प्रबासी नेपाली एकता मन्चका संयोजक टंक कटुवालले पोल्यान्डमा रहने गुल्मीबासीको मात्र नभएर समग्र गुल्मी बासीको आशाको केन्द्र बनोस र बिकासको यात्रामा सहकार्यको दरबिलो उदाहरण बनोस भन्ने शुभकामना व्यक्त गरेका थिए।त्यसैगरी हिमालय यति खिमिलारनिया मल्टी ट्याप रेस्टुरेन्टका संचालक रामचन्द्र न्यौपानेले नेपाली महिलाहरूको पर्बलाइ महत्व दिएर कार्यक्रम गर्नु सम्पुर्ण नेपालीको लागि गर्व अनुभुती भएको बताएका थिए।गुल्मी समाज पोल्यान्डकी उपाध्यक्ष रिता न्यौपानेको स्वागत मन्तब्यद्वारा सुरुवात उक्त कार्यक्रममा ऋषि राम ढकाल संयोजक् रहेको सांस्कृतिक टोलीले मौलिकता र परम्परागत ढाचामा स्वागत गीत प्रस्तुत गरेको थियो।गुन्जन न्यौपाने अपी न्यौपाने, भागी अधिकारी, रन्जु भट्टराई लगायतले नृत्य गर्दा कार्यक्रम थप रोचक बन्न पुगेको थियो।
निकै शान्त र स्तरीय शैलिमा दर खाने र नाचगान कार्यक्रम सम्पन्न भएको थियो।सहसचिव तारा पौडेल र कार्यसमिति सद्स्य प्रबीण खरेलको दोहोरी घम्साघम्सिले कार्यक्रम निकै रोमान्चित भएको थियो।कार्यसमिति सद्स्य नुमनाथ न्यौपानेले गुल्मी समाजको स्वरुप र भुमिकाको सन्दर्भमा उपस्थित सम्पुर्ण नेपाली दाजुभाइ -दिदिबहिनीहरुलाइ जानकारी गराएका थिए।कार्यक्रमका सभापति एबम गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारीले कार्यक्रमको समापन गर्दै सम्पुर्ण अतिथीगण एबम उपस्थित पाहुनाहरुलाइ धन्यवाद ज्ञापन गरेका थिए।आगामी दिनमा कला,सस्कृती,भेषभुसा एबम समग्र गुल्मी जिल्लाको बिकासमा संस्था सदैब तल्लिन हुने र कुनै कसर बाकी नराख्ने बताए।