हजारौ हजार व्यक्तिहरु पोल्यान्ड भिजाको लागि दिल्ली दुतावासको पर्खाइमा

visa 2

पोल्यान्ड कम्पनिलाई कामदार अत्यधिक मात्रामा चाहिने तर दिल्ली दुताबासको अत्यधिक पट्यार लाग्दो सिस्टमले धेरै व्यक्तिहरु तथा पोल्यान्डका कम्पनिहरुले हैरानी बेहोरेका छन् । उता कामदारहरुलाई कुराउने काम हुने नहुने भिजा लाग्ने नलाग्ने ग्यारेन्टी नहुने अनी दुतावासमा महिनौ पर्खिनु पर्दा भिजा नलाग्दा पनि लाखौं खर्च हुने अवस्था आएको छ । एपोइन्टमेन्ट डेट निकाल्न पनि बिटकोइन निकाले जस्तो पो भो पोल्यान्डको एपोइन्टमेन्ट निकाल्न दिल्ली आएको तर १४ दिन बस्दा पनि उपाय नलागेर काठमाडौं फर्किएको छु । पोल्यान्डबाट वर्कपर्मिट निक्लेको आकाशले पोल्यान्ड नेपाललाई बताए । उनी हार मानेर काठमान्डौ फर्किए । कोही त ८ महिना देखी दिल्लीमै भौतारीरहेका छन् । यता पोल्यान्डका कम्पनिहरु कामदार नपाएर भौतारिएका छन् । सयौ कम्पनिहरुको भविष्य अब के हुने हो भन्ने चिन्तित पोल्यान्ड सरकारलाई भैरहेको छ । पोल्यान्डमा जनशक्ती अड्न नसक्ने अनि पोलिश नागरिक अन्य देशमा हिंड्ने र सरकार इमिग्रेसन नितिमा त्यती उदार नभएकोले र कागजको नाममा धेरै दु:ख दिने निती अनि बिदेशी नागरिकलाई सहज निती अवलम्बन नगरेको कारणले यो समस्या आइपरेको हो । एक कम्पनीमा सयौ कामदार चाहिने अर्को कम्पनिबाट सिधा सजिलो हिसाबले कामदारले काम खोजेर गर्न नपाउने नितिले पनि केही समस्या निस्केको हो ।

पोल्यान्ड कामदार भिजामा आउने संख्या नेपाल इन्डिया बाङ्लादेशबाट ह्वात्तै बढेको छ । यो बर्ष पोल्यान्डले झन्डै १६ हजार वर्क पर्मिट नेपाल बाङ्लादेश र इन्डियाको लागि जारी गरेको छ ।
पोल्यान्ड सरकारले छिट्टै नै सहज ढंगले आप्रवासीहरुलाई अनुमती दिने र केही खुकुलो गर्ने निती जारी गर्ने कानुन बनाउन लागेको खबर बिभिन्न श्रोतहरुबाट प्राप्त भइरहेका छन् । त्यसो त हालै मात्र एक अन्तर्वातामा पोल्यान्डका प्रधानमन्त्री मोराअविच्किले पोल्यान्डमा १ लाख ६० ह्जार जन्शक्तिको आवश्यकता रहेको र यो जनशक्ती पुरा गर्ने माध्यम भनेको बिदेशी नागरिक नै हो भनेर एक मिडियामा अन्तर्वाता दिएका थिए ।

त्यसो त पोल्यान्डले जारी गरेको वर्क पर्मिट नै सबै थोक होइन यद्दपी पोल्यान्ड कामदार भिजामा आउनको लागि अपनाइने पहिलो खुट्किलो भने हो । ४ जना मात्र कर्मचारी भएको इन्डियाको पोल्यान्ड दुताबासले हजारौको भिजा प्रकृया हेर्न हम्मे हम्मे परेको बिभिन्न श्रोतबाट प्राप्त भएको छ । बिभिन्न श्रोतहरुबाट प्राप्त खबर अनुसार पोल्यान्ड दूतावास नयाँ दिल्लीमा झन्डै २५ हजार व्यक्तिहरु नेपाल बङलादेश इन्डियाकाले वर्क पर्मिट पाएर पनि भिजा अप्लाई दिन पाएका छैनन् ।
सयौ नेपालीहरु ल्याउन खोजेर पनि केही कम्पनिहरु पोल्यान्डको सार्है पट्यारलाग्दो सिस्टम्ले दु:ख पाएका छन् र धेरै वर्क पर्मिटहरु निस्केर पनि ल्याउन चाहदा चाहदै पनि अति नै चापको कारणले दुतावासले अनलाइन निवेदनहरुको व्यवस्थापन गर्न सकेको छैन ।
visa poland

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.