कबिता
याद
एस पि बिसर्जन
वारसवा
कुनै दिन बर्सा भयो भने सम्झनु
प्रतेक बुद मा म हुने छु ,
हो प्रिय
समझनु
प्रभाति किरण ले तिमिलाइ गिज्याय सम्झनु
सुर्यको प्रकाश मा म हुने छु,
बयलि खेल्दै गरेको चिसो हावाले मन चिसो भय सम्झनु
सिरसिरे बतास मा म हुनेछु
अरु के भनु प्रिय तिमिलाइ
म तिमी भित्र समाहित छु
केही तिमिले बोकेका मेरा याद हरु
म जन्मिदा देखिकै छन
जुन कसैले तिमिभित्र कैद गरेर राखिदियछ
हुनत मैले मेरा याद हरु धेरै बाडे
जब म प्रेमिल साझ
सुनौलो प्रभात
उमंग को सन्ध्या
र पृय मध्याह्न
साटासाट गर्ने तब देखिनै म तिमी भित्र समाहित भएको तिसम्मकि पहिलो पटक तिमिले झिम्कायको आँखा
उज्यालो रश्मि किरण फालेर मुसुक्क हास्दै बन्द गरेका तिम्रा पाताला ओठ मा म थोरै तल्लिन भए हुला
तर आकर्शित भने भएकै हैन
उसो त फरक मान्छेका
फरक फरक भोगाइ र स्वभाव हुन्छ
त्यो स्वभाबिक पनि त छ छ
देख्दा बित्तिकै मोहित हुने
हेर्दा बित्तिकै पानी पानी बनेर तिमी बिना मर्छु भन्ने
कुनै पुरानो चलचित्रको कथा जस्तो
आदर्स बादी प्रेम जस्तो आलो काचो बिचार लाइ त्यागेको धेरै भो मैले
जिन्दगी बाच्दै गर्दा केहि बिचार गलत लागेझै
तिमी गलत लाग्नु कुनै अनौठो होइन
नजिकिदै जादा याद साट्दै जादा
मेरो मात्र हैन करडौ को याद राखेकी रहिछौ तिमिसङ्ग
भिन्न भिन्न रुप मा
एसो पनि सुन्छु
कि कतै रुप लाई प्रधान ठानेर मलाइ बिर्सेकित हैनौ
कुनै समय तिमिलाइ चलाउन ब्याट्री प्र्योग गर्थे
आज तिमी धारा प्रबाहा रुपमा सबैको हात बाट चार्ज भएअकी छौ
सबैको खेलौना बनेकी छौ
सबैको प्रिय बनेकी छौ
अचेल अलि बढी धन सङ्ग खेलेकी छौ भन्ने सुन्छु
बिनिमयको साधन भएकी तिमी
बोल कबोल गरेर पैसा सङ्ग तिम्रो जिन्दगी लिलाम गरेकी छौ
सुन्छु
पहिले नोकिया
कहिले साम्सुङ्ग
अहिले अप्पो, जि वनी र हवाइ नाम बाट
खुलेआम सडक, चोक र गल्लिमा नाङ्गियकी छौ भन्ने सुन्छु
सबैका याद हरु सचित्र कैद गर्ने तिमी
जन्म देखि बाचुन्जेल मर्दा सम्म साथ दिने तिमिनै त हो रहेछनी
होइन र मेरो निर्जिब मन्को मान्छे क्यामेरा
बस क्यामेरा
कुनै दिन बर्सा भयो भने सम्झनु
प्रतेक बुद मा म हुने छु ,
हो प्रिय
समझनु
प्रभाति किरण ले तिमिलाइ गिज्याय सम्झनु
सुर्यको प्रकाश मा म हुने छु,
बयलि खेल्दै गरेको चिसो हावाले मन चिसो भय सम्झनु
सिरसिरे बतास मा म हुनेछु
अरु के भनु प्रिय तिमिलाइ
म तिमी भित्र समाहित छु
केही तिमिले बोकेका मेरा याद हरु
म जन्मिदा देखिकै छन
जुन कसैले तिमिभित्र कैद गरेर राखिदियछ
हुनत मैले मेरा याद हरु धेरै बाडे
जब म प्रेमिल साझ
सुनौलो प्रभात
उमंग को सन्ध्या
र पृय मध्याह्न
साटासाट गर्ने तब देखिनै म तिमी भित्र समाहित भएको छु ।
यति सम्मकि पहिलो पटक तिमिले झिम्काएको आँखा
उज्यालो रश्मि किरण फालेर मुसुक्क हास्दै बन्द गरेका तिम्रा पातला ओठमा म थोरै तल्लिन भए हुला
तर आकर्शित भने भयकै हैन
उसो त फरक मन्छेका
फरक फरक भोगाइ र स्वभाव हुन्छ
त्यो स्वभाबिक पनि त छ छ
देख्दा बित्तिकै मोहित हुने
हेर्दा बित्तिकै पानी पानी बनेर तिमी बिना मर्छु भन्ने
कुनै पुरानो चलचित्रको कथा जस्तो
आदर्स बादी प्रेम जस्तो आलो काचो बिचार लाइ त्यागेको धेरै भो मैले
जिन्दगी बाच्दै गर्दा केहि बिचार गलत लागेझै
तिमी गलत लाग्नु कुनै अनौठो होइन
नजिकिदै जादा याद साट्दै जादा
मेरो मात्र हैन करडौ को याद राखेकी रहिछौ तिमिसङ्ग
भिन्न भिन्न रुप मा
एसो पनि सुन्छु
कि कतै रुप लाई प्रधान ठानेर मलाइ बिर्सेकित हैनौ
कुनै समय तिमिलाइ चलाउन ब्याट्री प्र्योग गर्थे
आज तिमी धारा प्रबाहा रुपमा सबैको हात बाट चार्ज भएअकी छौ
सबैको खेलौना बनेकी छौ
सबैको प्रिय बनेकी छौ
अचेल अलि बढी धन सङ्ग खेलेकी छौ भन्ने सुन्छु
बिनिमयको साधन भएकी तिमी
बोल कबोल गरेर पैसा सङ्ग तिम्रो जिन्दगी लिलाम गरेकी छौ
सुन्छु
पहिले नोकिया
कहिले साम्सुङ्ग
अहिले अप्पो, जि वनी र हवाइ नाम बाट
खुलेआम सडक, चोक र गल्लिमा नाङ्गिएकी छौ भन्ने सुन्छु
सबैका याद हरु सचित्र कैद गर्ने तिमी
जन्म देखि बाचुन्जेल मर्दा सम्म साथ दिने तिमिनै त हो रहेछनी
होइन र मेरो निर्जिब मन्को मान्छे क्यामेरा
बस क्यामेरा