बिगतको पृष्ठभुमि भुमी सापेक्षमा बिस्लेषण गर्यौ भने पोल्यान्ड र नेपाल बिच अन्य युरोपियन देश भन्दा तुलनात्मक रुपमा स्थीर रहेको देखिन्छ।भलै १९९० को समयमा नेपाल सरकारको तर्फबाट केही उच्च तहको भ्रमण त भयो तर कुटनितिक सबालमा निकटता देखिएन।
पछिल्लो समय पोल्यान्ड सरकारको रक्षा मन्त्रालयको निमन्त्रणामा नेपाल सरकारका समकक्षी उप -प्रधानमन्त्री इश्वर पोखरलको केही दिन अगाडिको भ्रमणले कुटनितिक समन्धलाई थप प्रगाढ हुनेमा आम जनमानस उत्साही देखिएका छन् ।हालै पोल्यान्ड बजारमा नेपाली श्रमिकको पनि बाक्लो उपस्थिती देखिएको छ यद्दपी जुन उत्साही र सुन्दर सपना बोकेर युबायुबती बिदेशीएका छन् त्यो अनुपातमा श्रमिकको मूल्य यहाँ न्युन देखिएको छ यो समस्याको हल गर्न पनि भ्रमणले सार्थक भुमिका खेल्ने उप -प्रधानमन्त्री पोखरेलले बताएका थिए।केही दिन अगाडि पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले लिएको विशेष सम्बादमा उप-प्रधानमन्त्री पोखरेलले भनेका थिए निकट भविश्यमै G to G सम्झौताद्वारा नेपाल सरकार र पोल्यान्ड सरकारबिचमा दुई देशीय साझेदारी र सम्बन्धलाई प्रगाढ बनाउन कुनै कसर बाकी राखिने छैन।पोल्यान्ड –नेपालले विशेष अबसर पारेर उप-प्रधानमन्त्री पोखरेल सङ्ग सन्क्षिप्तमा विशेष अन्तरसम्बाद गरेको थियो।सोही अबसरमा गरेको रोचक कुराकानी तपाइहरुमाझ प्रस्तुत गरेका छौ।