वार्षा पोल्याण्ड!
२०१८ सेप्टेम्बर ८ तदनुसार भाद्र २३ , २०७५ का दिन अन्तरास्ट्रिय नेपाली कलाकार समाज (ईनास) पोल्याण्डको आयोजना मा ‘ हरितालिका तिज २०१८ कार्यक्रम समाजका अध्यक्ष श्री श्रीकृष्ण न्यौपानेको सभापतित्वमा वार्शामा सम्पन्न भएको छ !
समाजका महासचिब सोम सैजु र डीजे बिरल धोबी प्राबिधिक कक्षमा रहेको उक्त कार्यक्रम समाजका सदस्य एबम कार्यक्रम संयोजक अमित कुमार यादब ले संचालन गरेका थिए भने प्रबेश द्वारमा आगन्तुकको स्वागत शिवकुमार यादब र विप्लप श्रेष्ठ ले गरेका थिए !
नेपाली रास्ट्रीय गीत बाट शुरु भएको कार्यक्रममा समाजकी उपाध्यक्ष रिता न्यौपानेले स्वागत मन्तब्य राखेकी थिइन् भने बाल कलाकार अपि न्यौपानेले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् !
अपरान्हको ५ बजे बाट शुरु भएको कार्यक्रम मा ईनास ग्लोबल का उपाध्यक्ष मित्रलाल पार्दे, NRNA पोल्याण्डका सस्थापक अध्यक्ष डा बोधराज सुबेदी, NRNA पोल्याण्डका कोषाध्यक्ष भिम बहादुर खडका, जनसम्पर्क समिति पोल्यान्डका सभापति डा. एलिनी सुबेदी, प्रबासी मंचका सस्थापक अध्यक्ष टंक कटुवाल, ईनास पोल्याण्डका ग्लोबल प्रतिनिधि नरेश सापकोटा, गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारी ले शुभकामना मन्तब्य राखेका थिए, एस डि विसर्जनको गजल,साथै बालकलाकार अपि न्यौपाने को नेपाली भाषा शुद्द लेखन सम्बन्धि को गित ‘साधारण नियम यो शुरुको र बिचको…..’ बोलमा प्रस्तुत गरिएको नृत्य कार्यक्रम का आकर्षण बनेका थिए !
सन् २०१२ देखि निरन्तर रुपमा ईनास पोल्याण्डले आयोजना गर्दै आएको कार्यक्रम मा तिजको दर समेत खुवाईएको थियो जसको प्रायोजन गरेका थिए – लीटल ईन्डिया एसियन फुड शप, लुम्बिनी नेपाली रेष्टुरेन्ट, हिमालय यति नेपाली रेष्टुरेन्ट, स्नेया टच अफ ईन्डिया रेष्टुरेन्ट, शिद्दार्थ नेपाली रेष्टुरेन्ट, म्याङ्गगो करी नेपाली रेष्टुरेन्ट, नमस्ते नेपाल नेपाली रेष्टुरेन्ट,लुक्स २४ होस्टेल,एकेवाई आईडीया मेकर लिगल सर्भिस प्रोभाईडर,जस्टे लिगल सर्भिस प्रोभाईडर,सोलानो लिगल सर्भिस प्रोभाईडर,सालोन स्टुडियो मि हेयर कट,लगायत का कम्पनि हरुले गरेका थिए भने क्लुच मोबाईल एड्भर्टाईजिङ्ग पार्टनरको रुपमा रहेको थियो !
दुई चरणमा सम्पन्न कार्यक्रमको औपचारिक सत्रको समापन गर्दै समाजका अध्यक्ष न्यौपानेले उपस्थित सबैमा एबम प्रायोजक हरुमा आभार ब्यक्त गरेका थिए भने यस्ता कार्यक्रम निरन्तर गर्दै नेपाली कला सस्कृति र मौलिकताको संरक्षणमा लागिरहने प्रण समेत गरेका थिए!