पोल्यान्ड भ्रमण अत्यन्त फलदायी :उपप्रधानमन्त्री पोखरेल

IMG-2b5d90836b0fb00b7b5d934f071cd1f3-V

कलश खरेल
वारसवा पोल्यान्ड

निकै चासोकासाथ लिएको उपप्रधानमन्त्रीको ईश्वर पोखरेलको उच्चस्तरिय पोल्यान्ड भ्रमणलाई विभिन्न कोणबाट बिस्लेषण गरिएको छ।गैर आबासीय नेपाली संघ पोल्यान्डको अगुवाइमा विभिन्न संघ -सस्था आबद्ध नेपाली समुदायको अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री पोखरलले दुई देश बिचको कुटनितिक सम्बन्ध र आपसी समझदारी बढाउने सबालमा भ्रमण अत्यन्त फलदायी र उत्साहप्रद रहेको बताएका छन् ।खासगरी पछिल्लो समय अधिक नेपालीहरुको युरोपियन सदस्य रास्ट्र पोल्यान्डमा रोजगारीको लागि आकर्षण बढदै गइरहेको सन्दर्भमा यहाँ भएका बिबिध समस्यालाई सुल्झाउदै निकट भबिस्यमा दुई देश बिचको अन्तरसम्बाद र श्रम सम्झौता मार्फत ठोस निर्णयमा पुगिने उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए।नेपालबाट धेरै नेपालीहरु लहैलहैमा सुन्दर सपना देखाइएको भरमा पोल्यान्ड आउने र यहाँ आउदा यथेष्ट तलब नहुने अबस्थामा बिचल्लीमा परेको देखिन्छ।यो अबस्थालाइ मध्यनजर गरेर नै आउदा दिनमा प्रयाप्त काउनसीलिङ्ग र प्रक्रियालाइ थप व्यबस्थित बनाएर वैदेशिक रोजगार प्रणालिलाइ मजबुत बनाउदै लैजाने उपप्रधानमन्त्री पोखरेलले उद्घोष गरेका छन् ।
हालैका दिनमा नेपालीहरुले यहाँ कामदार अनुपती पत्र पाएको तर दील्ली भिसा आबेदनको लागि समय नपाउदा अनुपती पत्रको सिमा अबधी सिद्धीएर रद्द गर्नु पर्ने बाध्यतामा परेको कैयौ उदाहरण छन् ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एन आर एन ए पोल्यान्डका सस्थापक अध्यक्ष डाक्टर बोधराज सुबेदीले नेपालीहरुले अन्य देशको नागरिकता लिएर कामको शिलशिलामा बसाइ बिदेशमा रहे पनि नेपाल प्रतिको अगाध माया र स्नेहमा कहिल्यै कमि नआएको बताए। नेपालको सदैब समृद्धि र बिकासमा अहोरात्र खटिएका नेपाली प्रति उदार भै सरकारले बिकासको मुलप्रबाहमा समाहित गराउन दोहोरो नागरिकता प्रणालि लागू गर्न कत्ति पनि कन्जुस्याइँ गर्न नहुने भन्दै गर्विलो धारणा व्यक्त गरे।

received_1819048914796879

जनसम्पर्क समिती पोल्यान्ड सभापति डा एलिनी पोख्रेल सुबेदीले त्यसै अबसरमा बोल्दै नेपाली युबाहरु अध्ययन पश्चात् रोजगारीको लागि विभिन्न एजेन्सिमा धाउने र प्रलोभनमा परि घर जग्गा नै बेचेर वा बन्धकी राखेर भए पनि १२,१५ लाख तिरेर विदेशिनु पर्ने बाध्यताका साथै आफुले गरेको आशा र अपेक्षामा तुसारापात भएपछि मानसिक तनाबमा फसिने तथा अनाहकमा ज्यान गुमाउने सम्मको घटनाहरु भएको अबस्थामा तत्काल नेपाल सरकारले कडाइ गर्नु पर्ने बताइन् ।

उक्त कार्यक्रममा प्रबासी नेपाली मन्चका अध्यक्ष लक्ष्मी भट्टराईले नेपालीहरुको पोल्यान्ड मा आकर्षण बढीरहेको सन्दर्भमा अहिले तत्काल नेपालमा पोल्यान्ड सरकारको भिसा कन्सुलर स्थापनार्थ नेपाल सरकारले बिशेष ध्यान दिनु पर्ने बताए।कुनै पनि सरल कार्य र सर्हानीय काममा प्रबासी नेपाली मन्चको सदैब सहयोग रहने प्रतिबद्धता जनाए।

एन आर एन पोल्यान्डका उपाध्यक्ष नरेश साप्कोटाले यहाँ नेपाली राजदुतावास नहुदाँ नेपालीहरुले धेरै समस्या भोगिरहेको अबस्थामा नेपालले विशेष चासो दिनु पर्ने बताए।हरेक समस्या पैदा हुदा जर्मन धाउने क्रममा आर्थिक भार परि सहज हुने काममा पनि थप उल्झन पैदा भएको उनको भनाइ थियो।पानी अभियान कर्ता एबम सामाजिक व्यक्तित्व मित्रलाल पार्देले निकै भावुक हुँदै भने नेपाल सरकार अन्तर्गत रहेको श्रम बिभागले अत्यन्त झन्झटिलो र जटिल प्रक्रिया बनाएर वैदेशिक यात्रालाइ थप पेचिलो बनाएको छ । अधिकाम्स नेपालीहरु सरल रुपमा श्रम स्वीकृति नपाएर बाध्य भै हजारौं रकम तिर्न बाध्य भएको परिपेक्षमा राज्यनै चरम आर्थिक शोषणमा लागेको आभास भएको उनको अत्यन्त भावुक भनाइ थियो।तदनुरुप तत्काल सरकार स्पस्ट नीति नियम तर्जुमा गरि गलत कार्य यथासिघ्र बन्द गर्न तल्लिन हुनु पर्ने भन्दै उपप्रधानमन्त्री पोखरेललाइ विशेष सुझाब दिए।
नेपालका लागि पोल्यान्ड सरकारबाट नियुक्त लोकमान गोल्छाले नेपालीहरु पोल्यान्डका विभिन्न कम्पनिमा आउने र केही समय पछि अन्य मुलुकमा भागेर जादा जटिलता बढदै गएको बताए।बिगतमा पनि पोल्यान्ड कन्सुलरलाई भिसा प्रक्रिया सहजता थपिदिन आग्रह गरेर नै कयौ नेपालि युबा पोल्यान्डमा आएको तर प्रवृत्ति उस्तै दोहोरीएका कारण सुल्झाउन निकै गारो भएको बताए यद्यपि सहयोग भने निरन्तर जारी रहने औल्याए।सबैको प्रशनको उपप्रधानमन्त्री पोखरेलले सहजतापुर्बक जबाफ दिदै सरकार जायज माग र गुनासाको हल गर्न गम्भीर रहने बताए।तत्कालनै रोबर्टको गतिमा कामको अपेक्षा नगर्न र गरेपनी त्यो आफुबाट गलत आश्वाशन दिएर क्षणिक खुसी बनाउने काम गर्नु मुर्खता शिबाय परिणाम शून्य हुने उनको तर्क थियो।उक्त कार्यक्रममा इनास पोल्यान्डको तर्फबाट अमीत कुमार यादवले नेपाली र नेपालको हितको लागी पोल्यान्डको रोजगारको लागि नेपालले धेरै फाइदा लिन सक्छ भनेर आफ्नो कुरा राखे ।
उपप्रधानमन्त्रीले संबेदनसिल भएर अहिले देखिएका श्रमका समस्या,कामदारका समस्या,भिसा आबेदन सहजीकरण र एम्बेस्सी स्थापनार्थ सम्बन्धित मन्त्रालय र मन्त्रीपरिषदमा प्रस्ताव लिएर जाने उदघोष गरे।निकै रोमान्चित कार्यक्रममा एन आर न का अध्यक्ष गोपाल राइले पोल्यान्डमा रहेका नेपालिको उन्नति -प्रगतिका लागि सदैब अडिग रहेको र कुनै पनि समस्यालाइ सुल्झाउन यथोचित पहल गरेको बताएका छन।त्यसै अबसरमा उपप्रधानमन्त्री पोखरेल समक्ष ज्ञापन पत्र पनि बुझाइएको छ।राइकै सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई बिनोद आचार्यले सन्चालन गरेका थिए।
स्मरण रहोस् उक्त कार्यक्रममा एन आर एन ए पोल्यान्डको तर्फबाट २० बुदे ज्ञापनपत्रसमेत मन्त्री समक्ष हस्तान्तरण गरिएको थियो भने नेपालबाट उपप्रधानमन्त्रीको साथमा स्वकीय दीपेन्द्र श्रेष्ठ , नेपाली सेनाको तर्फबाट देबेन्द्र मरासिनीको पनि उपस्थिति थियो ।

पोल्यान्ड सरकारले उपप्रधानमन्त्रीलाई दिएको सम्मान साच्चिकै नेपाल र नेपालीको गौरवान्वित क्षण थियो ।
उपप्रधानमन्त्री पोख्रेलसितको भेटमा विभिन्न क्षेत्रका नेपालीहरूले आ आफ्ना समस्या राखेका थिए ।

स्मरण रहोस् पोल्यान्ड नेपालले उच्च स्तरको नेपाली सरकारी अधिकारीको भिडियो अन्तर्वार्ता लिने शुभअवसर प्राप्त गरेको थियो र उपप्रधानमन्त्री पोख्रेल सित लिएको भिडियो अन्तर्वार्ता चाडै नै प्रस्तुत गरिनेछ ।

पोल्यान्डकै इतिहासमा नेपालको तर्फबाट उच्च स्तरको व्यक्तित्वले पोल्यान्ड भ्रमण गर्ने उपप्रधानमन्त्री पोख्रेल पहिलो व्यक्ती हुन् ।
received_298761357577461

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.