५ सेप्टेम्बेर, वार्सावा। हिजो रामचन्द्र न्यौपानेको संयोजकत्वमा सम्पन्न गुल्मेली नेपालीहरुको बैठकले गुल्मी समाज पोल्याण्ड गठन गर्दै प्रकाश तिवारीलाई अध्यक्षमा सर्वसहमतिले निर्वाचित गरिएको छ। हिमालयन यति रेस्टुरेन्टमा सम्मपन्न बैठकले तेईस सदस्यीय कार्यसमिति चयन गरेको छ । जहाँ चयन गरिएका अन्य कार्यसमितिमा उपाध्यक्षमा बिदुर शर्मा, महिला तर्फबाट उपाध्यक्ष रीता न्यौपाने, सचिवमा नेपालमा लामो समय पत्रकरिता गरेका कलश खरेल तथा सह-सचिव तारा पौडेललाई चयन गरिएको छ । त्यसै गरी कोषाध्यक्षमा विष्णु भण्डारी सह-कोषाध्यक्ष मधु सापकोटालाई सर्वसहमतिले चयन गरिएको छ ।
त्यस्तै अन्य कार्यसमिति सदस्यहरुमा उज्वल खरेल, सागर सापकोटा, नुमनाथ न्यौपाने, प्रबिन खरेल, सावित्री खरेल, हरि अर्याल, ऋषि ढकाल, नारायण पाण्डे, ऋषि तिवारी, लक्ष्मण भण्डारी, देवीराम भट्टराई, मकुन्द भट्टराई, नविन खरेल, पुस्कर न्यौपाने, नानू अर्याल, र विष्णु सुनारलाई निर्वाचित गरिएको छ । यसैगरी संगठनलाई आवश्यक परेको खण्डमा मार्गदर्शन गर्न रामचन्द्र न्यौपाने, परशुराम खरेल, र राज खरेललाई सल्लाहकारको रुपमा चयन गरिएको छ ।
गुल्मी समाज पोल्याण्डको गठन बिशेष गरि नेपाल गुल्मी घर भै हाल पोल्याण्डको विविन्न ठाउँलाई कर्मथलोको रुपमा बनाएर काम गरिरहेका गुल्मेलीहरुको हकहितमा काम गर्नका लागि भएको हो । कार्यक्रमका उद्घोषक उज्जलले बोल्दै जसरी संगठन नहुदाँ परि आएको खण्डमा एक अर्कालाई सहयोग गरिरहेका थियौ, त्यसरी नै संगठन भएपछि कसैलाई सहयोग या अन्य विविध कार्यक्रमहरु गर्न परेमा यस संगठनले महत्वपुर्ण भूमिका खेल्नेछ भन्ने कुरामा बिस्वस्त हुन सबैलाई आग्रह गरे । पहिले असंगठित रुपमा रहदाँ कतिपय सूचना प्रवाहमा रोकावट वा बाधा व्यवधानहरु आई पर्ने हुदाँ यो संगठनले त्यस्ता उल्झनहरुलाई ब्यबस्थित गर्न महत्वपुर्ण भूमिका खेल्नेछ ।
बैठकमा बोल्दै सह- सचिव तारा पौडेलले आफु कुवेतमा लामो समय बसाइको क्रममा त्यहाँको गैह्र नेपाली प्रवासी संघ कुवेतको पाध्यक्ष जस्तो गरिमामय पदसम्म सम्हालेको अनुभवले आफुले संगठनलाई अगाडी बढाउन महत्वपुर्ण भूमिका खेल्न सक्ने बिश्वास दिलाउनु भयो । उहाँले अझै अगाडी बोल्दै आफुले पाएको जिम्वेवारी पूर्ण रुपमा बहन गर्नमा कुनै कसर राख्ने छैन भनेर जानकारी गराउनु भयो । यसै गरी सचिव कलश खरेलले आफुले पत्रकारितामा संगालेको अनुभवले गुल्मी समाज पोल्याण्डलाई अगाडी बढाउन बिशेष भूमिका खेल्ने प्रतिबद्दता गराए ।
त्यसैगरी महिला तर्फबाट उपाध्यक्ष पदभार ग्रहण गर्नु भएको रीता न्यौपानेले पोल्याण्ड बसेको लामो अनुभवले आफुहरुलाई भाषागत रुपमा कसलाई कुनै समस्या परेमा आफुले अहम भूमिका निर्वाह गर्ने भनेर सबैलाई बिस्वस्त हुन आग्रह गर्नु भयो । पोल्याण्डमा आफुलाई कर्मथलो बनाएर लामो समय देखि अनगिन्ती अनुभवले संगाल्नु भएका अध्यक्ष प्रकाश तिवारीले आफुले संगठनलाई अगाडी बढाउन र गुल्मेली नेपालीहरुलाई कुनै समस्या आइपरेको परेको खण्डमा त्यसलाई समाधान गर्न आफुले कुनै कसर बाँकि नराख्ने कुरामा सबैलाई विश्वास दिलाउनु भयो । निर्वाचित भएका अन्य पदाधिकारीहरुले पनि आफुले पाएको भूमिका राम्रो संग निभाउने प्रतिबद्दता जनाए । गुल्मी समाज पोल्याण्ड, गुल्मी पोल्याण्ड प्रबासी नेपालीहरुको हकहितको खातिर स्थापित गरीए पनि बिशेष परिस्थितिमा जोकोहीको नेपालीहरुको आइपरेको समस्याहरु प्रति घम्भिर भएर लाग्ने भन्दै यसको क्षेत्र व्यापक भएको कुरा पनि जानकारी गराइएको छ ।