नेपालका लागि उपप्रधानमन्त्री पोल्यान्ड भ्रमणका क्रममा आज प्रवासी नेपाली मन्च पोल्यान्डको सकृयतामा बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि बिच छोटो समय निकालेर राखिएको भेटघाट कार्यक्रममा नेपालका उपप्रधानमन्त्री श्री ईश्वर पोख्रेलले हरेक बिदेश बस्ने नेपालीहरुलाई समग्र राष्ट्रिय स्वार्थको लागि अगाडि बढ्न हार्दिन अनुरोध गर्नु भएको छ ।
पोल्यान्ड सरकारको औपचारिक निमन्त्रणामा पोल्यान्ड आउनु भएका श्री पोख्रेलले आज वारसवामस विभिन्न संघ संस्थाका प्रतिनिधिहरुशीत भेटघाट गर्नु भयो ।
उक्त भेटघाट कार्यक्रममा जनसम्पर्क समिती अध्यक्ष डा एलिनी पोख्रेल सुबेदी , एन आर एन पोल्यान्डका संस्थापक अध्यक्ष डा बोध राज सुवेदी एन आर एन ए पोल्यान्डका उपाध्यक्ष जीवन केसी पानी अभियान कर्ता मित्रलाल पार्दे प्रवासी नेपाली मन्च पोल्यान्डका सन्स्थापक अध्यक्ष श्री टंक कटुवाल आनन्द घिमिरे नवराज ढकाल अक्षय रिजाल एवं प्रवासी नेपाली मंच पोल्यान्ड अध्यक्ष श्री लक्ष्न्मी प्रसाद भट्टराइ एन आर एन सल्लाहकार श्री राजु केसी एवम गोल्छा परिवारले आ अफ्नो बिचार व्यक्त गर्नु भएकी थियो ।
उक्त भेटघाट कार्यक्रममा सबैको एउटै निचोड थियो कि पोल्यान्डमा नेपाल सरकार र पोल्यान्ड सरकार बिच सम्झौता होस् । भिजा प्रक्रियालाई सहज रुपमा नेपाल बाट नै अप्लाइ गर्न सक्ने सहज वातावरण होस् ।पोल्यान्डमा नेपाली दूतावास त्यो हुन सक्दैन भने कन्सुलरको व्यव्स्था होस् । नेपालीहरुलाई आवश्यक पर्ने कागजातहरु नेपाली दूतावासबाट पनि सहज रुपले व्यवस्था होस भन्ने लगायत विभिन्न विषय वस्तुमाथी छलफल भएको थियो ।
उपप्रधानमन्त्री श्री पोख्रेलसित यहि ६ का ७ गते वारसवा पोल्यान्डमा अन्तर्कृया कार्यक्रम गर्नको लागि पहल एन आर एन ए पोल्यान्डको आयोजनामा बिहिन्न संघ संस्थासित सहकार्य गरी अगाडि बढ्ने भएको छ ।
स्मरण रहोस पोल्यान्डकै इतिहासमा नेपालको उच्च स्तरको कुटनैतिक अधिकारी आएको यो पहिलो उच्च स्तरकै व्यक्तित्व हो ।