कलश खरेल
२ सेप्टेम्बर, वार्सावा । यतिखेर नेपाली बजार तीजका विभिन्न गीतहरुले गुन्जायमान भएको छ।यहि सेरोफेरोमा नयाँ पुस्ताकी लोकप्रिय गायिका यमुना अर्यालले समसामयिक मौलिक तीज कोशेली माहुरीको घार बजारमा ल्याएकी छिन्।निकै रोमाञ्चक यस तीज गीतले विशेषगरि तीजको उत्सवलाई लिएर श्रीमान -श्रीमती बीचको भालाकुसारिलाई तिखो खरो रुपमा उतारिएको छ।खासगरी श्रीमतीले आकर्षक गरगहना र सुन्दर भेषभुसामा सजिएर कम्मर मर्काइ -मर्काइ नाच्ने तिब्र इच्छा श्रीमान सामु ब्यक्त गरिरहँदा श्रीमानले महङ्गा पहिरन पहिरेर मात्र तीज मनाउँदा मनासिब नहुने र आर्थिक अबस्थालाई मध्यनजर गर्न सुझाइरहेको गीतको बोलबाट झल्किन्छ । मिठो गीतलाई चल्तिका गायक खुमन अधिकारी र प्रखर गायिका यमुना अर्यालको स्वरमा सुनमा सुगन्ध थपिएको छ। विष्णु भट्टराईद्वारा उत्कृष्टरुपमा निर्देशित यस गीतमा अभिनय कृष्ण बाबु,राज के सि,बबिता कंडेल र अन्जना भुर्तेलको रहेको छ।स्वयं मोडल कृष्ण बाबुकै शब्द संयोजन रहेको यस गीतलाई बुलबुल मिडियाले बजार ब्यबस्थापन गरेको छ।