उप प्रधानमन्त्री ईश्वर पोख्रेल पोल्यान्ड आउने

Ishor-pokhrel-photo

उप प्रधानमन्त्री पोल्यान्ड आउने

पोल्यान्ड सरकारको औपचारिक निमन्त्रणामा नेपालका उप प्रधानमन्त्री ईश्वर पोख्रेल पोल्यान्ड आउने भएका छन् । समकक्षी एन्टोनी मसिओएजको निमन्त्रणामा पोल्यान्ड आउन लागेका उपप्रधानमन्त्री पोखरेलले ‘एक्सपो’ सहभागी मुलुकका सेनाले प्रयोग गर्ने सैन्य सामग्रीलगायतको जानकारी समेत लिनेछन् ।

पोल्यान्ड भएका नेपाली समुदायहरु सित पनि भेट्घाट गर्ने पारीपाटी आफु मिलाउन लागेको जानकारी प्रवासी नेपाली मन्च पोल्यान्डका अध्यक्ष लक्ष्मी प्रसाद भट्टराइले दिए ।

त्यसैगरी एन आर एन उपाध्यक्ष जीवन कुमार के सि ले भने ” उप प्रधानमन्त्री पोल्यान्ड सरकारको निमन्त्रणामा पोल्यान्ड आउन लागेको खबर सुन्न पाउदा हामीलाई खुशी लागेको छ ।एन आर एन पोल्यान्ड पनि उहाको भ्रमण प्रति खुशी भएको छ ।”

उपप्रधानमन्त्री आउन लागेको बारे एन आर एन ए पोल्यान्ड संस्थापक अध्यक्ष डा बोधराज सुबेदीलाई पोल्यान्ड नेपालले संपर्क गर्दा उनले भने ” नेपाली समुदायमा अन्तर्कृया गर्नको लागि ठाउँ र स्थान सेप्टेम्बर ६ गते हुने सम्भावना रहेको छ ” ।

बिभिन्न नेपाली समुदाय सित भेट्घाट गराउन आफूहरु पनि लागि परेको जानकारी प्रवासी नेपाली मन्चका आनन्द घिमिरेले पोल्यान्ड नेपालसित गराएका छन् ।

उहा नेपाली समुदायसित पनि भेटघाट गरी पोल्यान्ड बस्ने नेपालीहरुको समस्या समाधान गर्न सरकारी स्तरबाट पहल हुनेछ भन्ने आशा पोल्यान्ड बस्दै गरेका नेपालीहरुले गरेका छन् । स्मरण रहोस् पोल्यान्ड र नेपाल बिचको सम्बन्ध कुट्नैतिक रुपमा त्यती दरिलो हुन सकेको छैन । उहाको यो भ्रमणले अवश्य पनि सरकारी तवरमा केही सफलता प्राप्त हुनेछ भन्ने आशा पोल्यान्ड बस्ने नेपालीहरुले गरेका छन् ।

स्मरण रहोस् उपप्रधानमन्त्री ईश्वर पोख्रेल पोल्यान्ड सेप्टेम्बर ३ तारिक आइपुग्नेछन् भने सेप्टेम्बर ७ तारिक स्वदेश फिर्ता हुनेछन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.