लोकराज अधिकारी
साला बाहुन…..
अरुलाई पढन अल्छि लाग्ने
तँलाई भने पढने भुत जाग्ने ?
पढनै भनेर काँशी गइस
पण्डितबाजे बनेर आइस
कष्ट सहिस हण्डर खाइस
के का लागि ? आज थाहा पाईस
पण्डितमै फूर्केर वुर्कुसी मारीस
साला बाहुन जिवन बिगारीस ।
माछा र मासु पोषिलो बन्देज
हलो कोदालो कुटो नि बन्देज
दुई माना चामल दिनभरको कमाइस
साला बाहुन त्यसैमा रमाईस
अरुको दिनमा तीन पहर खाना
पारीश्रमिक साँझ दिइस २० माना
पण्डित्याईमै तँलाई अलमल पार्ने
साला बाहुन प्याज लसुन बार्ने ।
अरु भने जता नि जान हुने
खान नि हुने लान नि हुने
बाहुन न परिस छोएको अरुले
खानै नमिल्ने दिएको अरुले
सधैको ख्याउटे अनि पिलन्धरे
अरुलाई दमन गरीराछस अरे
काँशी पछि तँ खाँडी तिर गइस
साला बाहुन तँ के भइस ?
भारतीय फौज, बृटिस गोर्खा भए
सिंगापुरे लाहुरे बन्न अरु गए
बिसमा भर्ति चालिसमा पेन्सन
थुइक्क बाहुन तँलाई सत्ताको टेन्सन
खाँदै छस गाली सहदै अपमान
न तेरो राज्य छ न तेरो शान
अरुको भागमा डलर भारु
तँ साला बाहुन ढेवा मरु
न सिंगो तेरो न खण्ड तेरो
बाहुन भै जन्मिनु अभिसाप हो तेरो । …….
लोकराज अधिकारी
श्रोत प्रसिद्द गीतकार लोकराज अधिकारी फेसबुक पेज
https://m.facebook.com/story.php?story_fbid=10217207013877435&id=1533499318