स्थानीय कलाकार र नेपाली संस्कृतिलाई माया एवं हौसला प्रदान गरौ भन्ने उद्देश्यले गठन भएको बन्धु ग्रुप पोल्यान्डले हालै वारसवा पोल्यान्डमा एक नेपाली सान्स्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली बाजा गाजा एवं विविध साङितिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रममा नेवारी खाना पनि राखिएको थियो ।
डेनमार्कबाट आएका सरोज प्रजापती विवेक क्षेत्री पोल्यान्डकि बाल कलाकार अपि न्यौपाने लगायत विभिन्न दर्जनौ कलाकारहरुले कार्यक्रमलाई विशेष प्रस्तुति दिएका थिए ।
नेपाली बाजागाजा एवं नेपाली गीतहरुलाई प्रदर्शन गगरिएको उक्त कार्यक्रम सफल पार्न विभिन्न व्यक्तित्वहरुले विशेष भुमिका निर्वाह गरेका थिए भने कार्यक्रमको व्यवस्थापन झकेन्द्र सापकोटा ,अभिषेक बिष्ट लगायत पोल्यान्ड रहेका अन्य व्यक्तिहरुले पनि गरेका थिए ।
कार्यक्रममा एन आर एन ए पोल्यान्डका संस्थापक अध्यक्ष डा बोधराज सुबेदीले पोल्यान्डको स्वास्थ्य सम्बन्धी नियम र कानुन बारे जानकारी प्रस्तुत गरेका थिए भने कार्यक्रममा हरेक व्यक्तिहरुलाई पोल्यान्डको स्वास्थ्य इन्स्योरेन्स सम्बन्धी ध्यान दिन पनि अनुरोध गरेका थिए ।
उक्त कार्यक्रमको प्रायोजन गणेश थापा लक्स 24 होस्टेल म्याङो करी आरोमा टेस्ट पृतम खरेल लुम्बिनी रेस्टुरेन्ट स्नेहा टच अफ इन्डिया रेस्टुरेन्ट लगायत विभिन्न व्यक्ती तथा कम्पनीले गरेका थिए ।
स्मरण रहोस् बन्धु ग्रुप वारसवाले पोल्यान्डमा प्रस्तुत गरेको उक्त नेपाली सान्स्कृतिक कार्यक्रम दोश्रो थियो ।