प्रस्तुती : कलश खरेल पोल्यान्ड
हरेक व्यक्तिहरु सफलता ग्रहण गर्नका निमित्त अहोरात्र खटिरहेको ज्वलन्त उदाहरण हामिमाझ ब्याप्त छ।कतिपय सफलता नजिक पुगेर पनि आश्चर्यजनक रुपमा दिशा परिवर्तन गरेको देख्न सक्छौ भने कतिपय बिच बाटोमै भौतारिएर बिन्दु पहिल्याउन नसकेको पृष्ठभुमिमा सफल व्यक्तित्वको रुपमा आमजनमानसमा कहलिनु सामान्य बिसय पक्कै पनि होइन।सफल मानिसको गोरेटोमा धेरै मानिसले लहैलहैमा होस्टेमा हैसे गर्दै क्षणिक नक्कल त गर्छन तर त्यो कालान्तरमा जिबन्त देखिदैन।खासगरी सफलता प्राप्तीको बिन्दुमा पुग्न कति सम्म मानिसले संघर्षका अवयवहरु पार गर्छ,जटिलताका बिचमा निरन्तर अद्दितीय लगाब र लगनशीलता प्रस्तुत गरीरहेको हुन्छ भन्ने आख्यान सन्दर्भमा अधिकांश मानिस बेखबर हुन्छन।यहि सेरोफेरोमा आज हामिले नेपाल बाहिर प्रबास पोल्यान्डमा सफल र प्रशंशीय ब्यबसाय मार्फत आम जनमानसका बिचमा उदाहरणीय पात्र ठहरिएका नेपाली ब्यबसायी दम्पतिद्द्य रामचन्द्र न्यौपाने र रिता न्यौपानेको चर्चा-परिचर्चा गरिरहेका छौ।
आफ्नै मुलुकमा त ब्यबसाय एबम लगानी गर्न नेपाली जनमानसलाइ हम्मे हम्मे परेको देखिन्छ भने नेपाल बाहिर तेस्रो मुलुकमा त्यहाको परिवेश र ऐन -नियमलाइ आत्मसाथ गरेर सफल ब्यबसायी बन्नु पक्कै पनि सरल विषय हैन।धेरै नेपालीहरु बिदेश गएर दशकौ जीवन जागीरेको रुपमा बिताएको र ब्यबसाय गर्ने सबालमा जागरुपता नदेखाउने गरिहालेपनि हरेक दिन नैरास्यता प्रकट गरेको अनगिन्ती द्रिस्टान्त हरु छन् तर यी सबै जटिलता र परिदृश्यका बिचमा पनि न्यौपाने दम्पतिको अपार सफलताले सबैको मन लोभ्याउने गर्दछ।उनिहरु सफल दम्पती सङ्गसङ्गै सफल एबम अनुकरणीय व्यवसायीको रुपमा स्थापित भएका छन् । शुरुवातमा विदेशिने क्रममा उनिहरुको मनमा अन्य ब्यबसायिकोमा जागीर गर्ने र मनग्य धन आर्जन गर्ने सोच थियो तदअनुरुपनै केही बर्ष अरुकोमा अनगिन्ती दुख र चर्को मेहनतका साथ सेवा प्रदान गरिरहदा कदाचित ठग्ने,आल्स्यता प्रकट गर्ने,बाहानाबाजी गर्ने नियत न्यौपाने जोडीले कदापी गरेन उनीहरुको त्यो सारगौरबित लगाब र इमान्दारीता प्रती स्वयं सम्बन्धित होटेल संचालक पनि नतमस्तक हुन्थे।तर जतिनै इमान्दारिता र निष्ठा उनिहरुले प्रदशन गरे तदअनुरुप उनीहरुको श्रमको उचित मुल्यांकन मुल्यमा गरिएन केबल शब्दका मिठा चुडकिलामा मात्र सिमित भयो।काम गर्ने दौरानमा कैयौंपटक त असजिलो भाषाले कति अल्झन पैदा गर्यो सायद त्यो गिन्तिको मापन उनिहरुका सामु थिएन।दिन -रात,अहोरात्र अन्यकोमा खटिने तर परिश्रमको मुनाफा पनि उसैलाई हुने तितो यथार्थ देखिसकेपछी फगतको पसिना र अमुल्य दिन लहैलहैमा बेथित गर्नु भन्दा बरु आफ्नै ब्यबसाय मार्फत कालान्तरमा समृद्धिको यात्रा बलियो हुन्छ भन्ने उनिह्ररुको मनमा स्वाभिमानी पैदा भयो।परिणाम स्वरुप २०६४ सालदेखी होटल काठमाडौंबाट औपचारिक व्यावसायिक यात्राको अध्याय सुरु गरे।सुरुवातमा अबसर सङ्गसङ्गै चुनौतीका खाडलहरु अनगिन्ती थिए।सबै अल्झन र बजारमा कडा प्रतिस्पर्धिका बाबजुद उनिहरुले ग्राहाकको सेवामाथी कहिल्यै धाबा बोलेनन।सस्तो लोकप्रियता कमाएर क्षणभरमै बिलिन हुन थिएन उनिहरुलाइ।उत्कृष्ट सेवा नै मानव धर्म हो भन्ने नारा मनमा जडित गरेर ग्राहाकको रुचिअनुसार स्तरिय,अलौकिक सेवा प्रदान गरिरहे फलस्वरूप लामो दुरिबाट पनि ग्राहकहरु प्राथमिकतासाथ आउन थाले।एक पटक आएको ग्राहक सदाका लागि उनीहरुको ग्राहक बने।
कदापी पनि उनिहरुको खाना माथी ग्राहकहरुले औला ठड्याउने हिम्मत गरेनन् । ग्राहकको आकर्षक रोजाइ र भिड नेपालीको होटल तर्फ केन्द्रित भएपछी उनिहरुले होटेललाई बिस्तार गरे र अहिले होटेलको संख्या ४ पुगेको छ।संख्या मात्रै बिस्तार गरेननकि होटेलमा धेरैजसो नेपालीहरुलाइ रोजगारी प्रदान गरेर आर्थिक समृद्धिको दरबिलो खम्बा बनेका छन।बिदेशिएपछि नेपालीले नै नेपालीलाई नै उपहास गरिरहेको पृष्ठभुमिमा अथाहा माया र लगाब प्रदशन गरेर उनिहरु अनुयायीका गुरु बनेका छन् । पारिवारिक बाताबरणमा पारिबारिक सदस्यअनुरुपनै काममा नेपाली कर्मचारीहरु खटिएका छन।पोल्यान्डमा जागिर लगाइदिने भन्दै नेपालीले नै कयौं नेपालीलाई ठगेको दर्जनौ उदाहरणकाबिचमा न्यौपाने दम्पतीले देखाएको उदारता,ममता नेपालीपना आफैमा महानता छ।हामिले न्यौपाने दम्पतीका अलवा कर्मचारीसित पनि प्रत्यक्ष सम्बाद गरेका थियौ ।सबै कर्मचारीलाई पारिबारिक बाताबरणमा राखिएको , सेवा र सुबिधामा कत्ती पनि कन्जुस्याइँ नगेरेको रेस्टुरेन्ट हिमालयका किचन सेफ उज्वल खरेल बताउछन् ।यति रेस्टुरेन्ट होटेल हिमालका वेटर नुमनाथ न्यौपाने पनि उत्साहित हुँदै भने नेपाली कर्मचारीको लागि आफ्नै घर हो।भेदभाव -असमानता कुनै पनि सन्दर्भमा यहाँ नदेखिएको र कुटुम्भ जस्तै भाबमा सबैले काम गरेको उनले प्रस्टाए।
पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले ब्यबसायी न्यौपाने दम्पतीसित लिएको भिडियो रिपोर्ट