शिक्षालय पबित्र बिधा र ज्ञान् आर्जन गर्ने उत्कृष्ट ठाँउ हो भन्ने एक फेहरिस्त प्रचलित छ।पछिल्ला दिनहरुमा घटेका घटनाको पृष्ठभुमि विश्लेषण गर्दा यो कतै शब्द र आख्यानमा मात्र सिमित भएको त हैन भन्ने संशय पैदा भएको छ।यसको ज्वलन्त उदाहरण हो हालै सार्वजनिक बुटवलको ज्ञान्पुन्ज बोर्डिङ स्कुलमा प्रीन्सिपलद्दारा बिद्यार्थीमाथि यौनदुरव्यवहारको प्रयास सुन्दा सबैको मन त्राहीमाम पैदा भएको छ।अनुशासन र बिधीको परिभाषा वकालत गर्ने शिक्षालयममा बालबालिका नै सुरक्षित हुदैनन् भने कस्तो कसिमको शिक्षाको अपेक्षा गर्ने एक पटक पुन सबैलाई सोच्न बाध्य बनाएको छ।बुटवल स्थित ज्ञानपुन्ज बोडिङ्ग स्कुल कक्षा १०मा अध्यनरत रिजा गुरुङ्गलाइ हरेक दिन प्रीन्सिपल पौडेलले रातिमा बोल्याउने ,सुमसुमाउने तथा यौनजन्य कृयाकलापमा जबर्जस्ति सामेल गराउन खोजेको पीडित छात्राले बताइन् । पीडित बालिकाको कुरा सुनेपछी प्रीन्सिपल पौडेललाइ घरपरिवारले जानकारी गराउदा आपसी समझदारीमा मिलाउने प्रस्ताब गरेका थिए तर अभिभाबकले स्कुलमै आएर छिनोफानो गर्ने भनेपछी यो घटना एकाएक बाहिर आएको थियो।आक्रोशित अभिभावक को भिडले स्कुल तोडफोड हुने अबस्था पैदा भएपछि व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ।यता आरोपित प्रीन्सिपलले भने आफुलाइ केही व्यक्तिहरु डटेर नै फसाउन केन्द्रित रहेको आरोप लगाएका छन् ।बुटवल ईलाका प्रहरी कार्यालयले आरोपित पौडेललाई नियन्त्रणमा लिइ अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।स्मरण रहोस् केही दिन अगाडि पनि बलात्कारकै घटनाबाट कंचनपुरमा एक जना बालिकाको अनाहकमा ज्यान गएको थियो।यस्ता अराजक र आपत्तिजनक क्रियाकलाप बन्द गर्न सम्बन्धित निकाय तत्काल चनाखो हुनुपर्ने देखिन्छ।