कलश खरेल
२७ अगस्ट, वार्सावा ।कलाकारिताको शब्द नै हरेक मानिसका लागि तरङ्गीत मा बाध्ने अन्योन्याश्रीत कम्पन हो, जहाँ जस्तोसुकै वैमनस्यता,कटुताका अभयबहरुलाई छिन्नभीन्न बनाइ समधुरताको प्रतीक सृजना भएको हुन्छ।हरेक वर्ग,लिङ्ग ,जात,धर्म,विविध भुगोलका मानिसहरू गोलबन्द भै भीन्न दृस्ठिकोणलाई थाती राखेर सङ्गीतको मुर्धन्य आवाजमा आनन्द लिइरहेको दृस्टान्त छ।कलाकारिताको अभिन्न अङ्ग हाँस्यब्यङ्गय बिधा पनि रोदन र पिडाको भकारिलाई छेदन गरेर हसाउँने एक युगान्तकारी प्रक्षेपण नै हो।हरेकको मानसपटलमा हर्ष बिभोरको तरङ्गलाई संचार गरि हाँसोको गदगदाहदमा पुर्याउनु पक्कै पनि सामान्य सोच र दृस्टिकोणले थाम्न सक्दैन।चोटिला र फुर्तिला शब्दको वाणबाट हरेक जन-जनलाई हसाएर आनन्दको उत्सवमा समाहित गराउने एक हाँस्यब्यङ्गयका हिमायती,सर्जक एवं लोकप्रिय गायक विष्णु जि पाण्डे(माइला बा)को विषयमा आज हामीले चर्चा -परिचर्चा गरेका छौँ। आज दिनहरुमा माइला बाको नाम र उपमाले उनी जति चर्चाको शिखरमा छन् । सायद उनको आफ्नै नामबाट चिन्ने मान्छे संख्यागतरुपमा निकै कम होलान।माइला बा को स्वरुप नै उनको जिवनमा समृद्धिको साधक बनेर आयो । यहि आख्यानबाट जति चर्चित भए यो बिन्दु पहिल्याउन त्यतिनै धाराबाहिक संघर्षका ती अनगिन्ती जालाेहरु फुटाउन अथाह लगाव र लगनशीलता प्रदशन गरिरहे।
२०३९ सालमा पाल्पाको बौघागुम्हा ९ केरबादीमा बुवा कृष्ण प्रसाद पाण्डेय र आमा साबित्रा पाण्डेयको कोखबाट ४ दाजु भाइ मध्ये कान्छो सन्तानको रुपमा धर्तिमा पाइला टेकेका बिस्नु जि पाण्डे (माइला बा) बाल्यकालदेखि नै चतुर,सकृय र शालिन थिए।सामान्य परिबारमा हुर्केका पाण्डे सदैब अनुशासित,सभ्य तबरमा नै अध्यनको पाटाेलाई आत्मसात गरे कदापी पनि उन्माद र अहमता प्रकट गरेनन।पाल्पाको जन्ता मा बि मा दस कक्षा सम्म अध्यन गरेर रुपन्देहीको भलबारिमा बसाईसराई पश्चात: २०५५ सालमा रुपन्देही बाट एस.एल.सि पास गरे।२०५९ सालमा भैरहवाको रुपन्देही क्याम्पसबाट प्रमाणपत्रतह अध्यन पूरा गरेका पाण्डे बाल्यकाल देखिनै कलाकारिता र अभिनयमा विशेष रुचि राख्दथे।कक्षा ३ मा अध्यनको शिलशिलामै सिमली छायाको गीतमा बृद्ध र कुप्री परेको व्यक्तिको रुपमा अभिनय गर्दा उनले सबैलाई दङ्ग मात्र बनाएन न प्रशंसा गर्ने मानिसको भिड नै लाग्यो।उनको अनुहार र रङ्गलाई लाल्छना लगाएर कतिपय व्यक्तिले अपशब्द पनि बोले तर उनले त्यसलाइ चुनौतिको रुपमा लिदै अग्रगामी दिशा तय गरे।
२०५८ सालमा बम्श टेलिचलचित्रबाट औपचारिक अभिनय यात्राको थालनी गरेका पाण्डेले गहना, ठुलो पर्दाको चलचित्र कानुन,भोजपुरी भाषाको चलचित्र लगायत दर्जनौ चलचित्रमा अभिनय गरेका छन।काठमाडौंमा छ्दा कलाकारिताको संघर्ष मात्र आर्थिक उपार्जनमा हम्मे-हम्मे पर्ने मनन गरेपछी पुतलीसडकमा होटेल खोलेर आफै मालिक बने र स्वयं कामदारको रुपमा पनि सेवा प्रदान गरे।पुनः उनी आफ्नै कर्मथलो र बसोबास गरिरहेको मोफसलको राजधानी बुटवलमा फर्किए।उनी अभिनय र कलाकारितामा विशेष प्रतिभा र अद्दितीय क्षमतालाई कदापि विश्राम गर्न सक्थेनन् फल्स्वरुप २०६४ सालमा बुटवलबाट प्रशारित झट्का टेलिचलचित्र मा माइला बाको रुपमा अभिनय गरे।उनको मौलिक,गाउँले चलनचल्तीमा रहेको परिवेशलाई दर्शक-दिर्घामा अथाह लोकप्रिय हुन पुग्यो जहाँ हरेकको मन-मनमा अलौकिक छाप छोड्न सफल भयो।आम जनमानसमा अत्यन्त रुचाइएको त्यो चिनारीलाई उनले सदैब अनुशासित र सभ्य शैलीमा उतार्ने जमर्को गरीरहे।खासगरी घरमा आफ्नो बुबाको भेष,पहिरन र लवचबाट प्रभावित पाण्डेले माइलाबाको रुपलाई जिवन्त बनाउने अठोट गरे।त्यसक्रममा उनले स्याङ्जाको वालिङ्मा ए माइला नामक चलचित्र २०औँ तालिका सम्म अभिनय गरेर त्यहाका स्थानियलाई अनुपम मनोरञ्जन प्रदान गरे।त्यसका अलवा उनले गुल्मिमा पनि केही चलचित्रमा आफ्नो तिक्षण प्रतिभा प्रस्तुत गरे जुन ब्येङ्ग्यात्म्क एबम चटिलो थियो।
२०६७ सालदेखी बुटवलको चर्चित बुद्ध सामुदायिक टेलिभिजनबाट माइला बाको भेषमा साङ्गीतिक संँगसँग हाँस्यब्यङ्गय मिश्रित कार्यक्रम सचांलन गरेर तमाम दर्शक -श्रोताको मन -मनमा रङ्गीन छाप छोडन सफल भए।उनको गाउले भेष,भासा र चलनचल्तीमा रहेका शब्दलाई माइला बाको रुपमा उतार्दा आम मानिस नतमस्तक भए परिणामस्वरुप उनको काबलियता थप सबल हुँदै गयो।रोक्नेले रोक्न खोजिरहे,छेक्नेले छेक्न खोजिरहे तर उनको निखारता उत्कर्समा पुग्दै गयो।हरेक समय- हरेक क्षण दर्शक श्रोताको सर्ब-पृय भइरहे।उनको रफ्तार तीव्रतामा अगाडि बडिरहदा जिबनमा अकल्पनीय र दर्दनाक घटना उनका सामुन्ने तरबारको रुपमा उदय भयो।२०७४ चैत्र २० र २१ मा क्रमशः जेठा र कान्छा छोराहरूको निधनले उनको खुसी,रङ्गिन परिबारमा बज्रपात र सन्नाटा छायो।त्यो क्षण -त्यो कालखण्ड सायद माइलाबाको लागि मात्र नभएर आम जनमानसलाई नै बिछिप्त बनायो।जब उनले त्रासदयी घटनाका अघाडि आफै निरीह जस्तै भए।
आफ्ना मुटुका धडकन रुपि छोराहरुको अल्पायुमै मृत्युले ज्वालामुखी बिस्पोट भएजस्तो तरंग पैदा त भयो तर त्यो कारुणिक बैभबलाइ सम्हाल्दै आफ्नो बिक्षिप्तामा डुबेकी अर्धाङ्गिनि शोभा पाण्डेलाई समेत निरन्तर साहानुभुती र सान्त्वना प्रदान गरेर दरबिलो जिबनसाथिको उदाहरण प्रस्तुत गरे।उनी कलामा त अब्बल छदै थिए तर जिबनयात्रामा समेत बलियो कडी बनेर उदाए।कहालीलाग्दो घटनापस्यात चर्चित कलाकारहरु राजेश हमाल,राधिका हमाल,पुस्कल शर्मा,जीवन शर्मा लगायत धेरै कलाहरुको अगुवाइमा बुटवलको ट्राफिक चोकमा भब्य कार्यक्रम मार्फत बालकहरुको नाममा फन्डको स्थापना गरेर अनाथ बालबालिका आर्थिक सहयोग र हरेक बर्ष रक्तदान गरिदै आइएको छ।सायद सबैको अन्तरमनमा सन्चार भएको थियो अब उपरान्त माइला बा हाँस्यप्रहसनको रुपमा देखा पर्ने छैनन तर अनुमान बिपरित हजारौं पिडा र रोदनलाइ मनको भकारिमा तिलान्जली दिएर पत्थररुपि मुर्ती भएर पुनः दर्शक -श्रोतालाइ चन्द्रमाको दियोझै उज्यालो कला प्रस्तुत गर्न तल्लिन रहे।
घटनालाई मनमा साचेर राख्नु भन्दा अथाह प्रेरणा र साथ अङ्गालेर दर्शक -श्रोतालाई हँसाएरनै जिबनको समुन्न्त दिशामा अग्रसर हुने अन्तरमनमा जागृत भएमुताबिक उनी १५दिनपछी प्युठान र अर्घाखाँचीको सिमानामा स्टेज कार्यक्रममा सरिक भएर कलाकारिताप्रतिको निष्ठालाई प्रमाणित गरे।बहुआयामिक एवं बहुप्रतिभाशाली उनी गायन बिधामा पनि उत्तिकै अब्बल दर्जामा स्तरिय ठहरिएका छन।अहिले सम्म दर्जनौ गीतहरु लेखे र आफ्नै लगानीमा चारवटा एल्बम बजारमा ल्याएका छन।सबै उनका सृजना र कोसेलीहरु आमजनमानसमा लोकप्रिय बन्न सफल भएका छन्।उनको साङ्गीतिक धार बलियो हुनु नै सृजनाहरु सशक्तरुपमा लोकपारखीमाझ उतार्नु नै सवल पक्ष हो।पछिल्लो समय बजारमा आएको पुन्टे भुडी तीज गीति सङ्ग्रह पनि दर्शक श्रोताले औधी मन पराएका छन।यस्बाट पनि के पुष्ठि हुन्छ भने समाजका लागि सकारात्मक संदेश गीतद्वारा प्रबाह भएको छ।बुद्ध टेलीभिजनमा ३बर्ष उत्कृष्ट कार्यक्रम मार्फत आम दर्शकलाई मनोरंजन प्रदान गरेका माइला बाले २०६९ सालदेखी भने निरन्तर अर्को चर्चित टेलीभिजन लुम्बिनी सामुदायिक टेलीभिजनमा कार्यक्रम प्रमुख,बिज्ञानपन श्रीजनाकार एबम मनोरम कार्यक्रम माइला बा सङ्ग एकैछिन सम्बद्ध भएर उत्कृष्ट प्रस्तुति पस्किरहेका छन्।जस्तोसुकै विषम परिस्थिति र बिबशतालाई चिरेर कलाकारिताको श्रीबृद्धिमा अहोरात्र तल्लिन माइला बा सबैका लागि सदैब प्रेणाको पात्र रहनेमा कुनै दुई मत छैन।