लक्ष्मण तेरो दिवंगत आत्माले शान्ति पाओस्

IMG-a0e80df28c54d6fe2a313932721b683b-V
आज भन्दा ठीक ३ बर्ष अघिको दु:खत घटना हो। २०७२ साल भदौ ७ गते सोमबारको दिन ।

कैलालीको टीकापुरमा विरोध प्रदर्शन कार्यक्रम तय भएपछि स्थानीय प्रशासनले आयोजकसँग छलफल गरेर आन्दोलन शान्तिपूर्ण बनाउने सहमति गरेको थियो। 

तर, प्रदर्शन हिंस्रक भयो। घरेलु हतियारसहितका प्रर्दशनकारीले सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्रको टोलीलाई घेरा हालेर गरेको आक्रमणबाट नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, निरीक्षक बलराम बिष्ट र केशव बोहरा, हबलदार श्यामबहादुर खड्का र जनकबहादुर नेगी, जवान लोकेन्द्रबहादुर चन्द,  सशस्त्र प्रहरी हबलदार रामविहारी थारु र ललितबहादुर साउद मारिएका थिए।

शंकरपुरस्थित टायलले छाएको एकतले घरको आँगनमै थिइन्, सीता बर्मा। भाग्दै एक जना बर्दीधारी उनको दक्षिणतिरको ढोकाबाट भित्र छिरे। उनी बाहिरबाट ढोका तानेर लगाइदिँदै थिइन्। ती प्रहरीले भित्रबाट चुकुल लगाउन भ्याएकै थिएनन्। हात हातमा भाला, लट्ठी, चक्कु बोकेकाको हुल दपेट्दै आइपुग्यो।

भित्र लुकेको मान्छेलाई तानेर पिट्दै उनीहरुले बाहिर आँगनमा निकाले। ती प्रहरी उनीहरुसँग जीवनको भिख मागिरहेका थिए। सीताले सहन सकिनन्। क्रुर ढंगले हानिरहको देखेर उनले हात जोडेर बिन्ति गरिन्,‘यसरी नमार्नुस, छाडिदिनुस्।’

तर उनीहरुले छाडेनन्। लखेटी– लखेटी घरेलु हतियार प्रहार गरेर ती प्रहरीको ज्यान लिए।  तिनै व्यक्ति थिए नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने।

हो, त्यही लक्ष्मण न्यौपाने, मेरो गुच्छा खेल्दाको साथी, चन्द्रगढीको स्कूले सहपाठी, त्रि-चन्द्र क्याम्पसमा आईएस्सी गर्दाको सबैभन्दा बढी मिल्ने दौतरी। उसले प्रहरीमा प्रबेश ग-यो, म रोमानिया आएं। उसलाई मारियो। हो, उ आज यो संसारमा छैन। हामी सबैलाई छोडेर गयो। गयो।

मैले मात्र होइन हामी सबैले लक्ष्मणलाई गुमाएको ३ वर्ष बितेको छ। आँखा भरी आँशु राखेर भन्छु – लक्ष्मण तेरो दिवंगत आत्माले शान्ति पाओस। 

रोमानियाबाट नवराज पोख्रेल

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.