रक्षक बन्ने कि भक्षक

FB_IMG_1535264627992
शिव एस डि
वारसवा पोल्यान्ड

रक्षक बन्ने कि भक्षक

मान्छेको भिडमा मान्छे हराउन नपरोस् ।
चित्कारले कोहि पनि कराउन नपरोस् ।

आज रक्षा बन्धन, दिदी बहिनीले आफ्नो दाजु भाईको रक्षाको कामना गर्दै हातमा धागो बाँधेर नेपाल, भारत लगायतका हिन्दु , जैन तथा सिख धर्मावालाम्बिहरु बीच मनाईदैछ । शाब्दिक अर्थमै हेर्ने हो भने “रक्षा बन्धन” संस्कृत शब्दहरु हुन् । जहाँ रक्षाको अर्थ सुरक्षा, संरक्षण, ख्याल गर्नु र बन्धनको अर्थ बाँध्नु वा एकअर्कामा सम्बन्ध प्रगाढ बनाउनु हो । हाम्रो समाज दाजुभाई-दिदीबहिनीबीच निकै पबित्र नाताको रुपमा लिईन्छ । यो रगतको नाता यति सम्म गाढा हुन्छ कि जन्म घरदेखि छोरीचेली विवाह गरेर गए पनि कायम रहन्छ । आफ्नो घरमा जति सुकै सुख सयल भए पनि छोरीचेलीले आफ्नो माइती कहिलै भुल्दिन, आफुले गर्नु पर्ने कर्तब्यमा हरपल निष्ठावान रुपमा तत्पर रहन्छन् । त्यस्तै जिम्वेवार बोध दाजुभाईलाई पनि उत्तिकै हुन्छ र उसले पनि त्यो बहन गरिरहेको हुन्छ । जब माइतीमा आमाबुवा हुदैनन् तब दिदीबहिनीले दाजुभाईमै आमाबुवाको प्रतिबिम्व देख्न थाल्छिन् । भनिन्छ नि दाजुभाईलाई छोरीचेली कहिले बोझ बैन्दिनन्। यस अर्थमा दाजुभाई दिदीबिहिनी एकअर्काका रक्षाका लागि उभिन्छन्।

तर प्रश्न त्यहाँ उठ्छ जब रक्षक नै भक्षक हुन्छ । मैले यहाँ जोड्न खोजेको अहिले आलो घाउ जस्तै निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणले देश तातेर उम्लिरहेको छ । यद्यपी यो उम्लाई उनको लागि मात्र हैन त्यस्ता आन्यायमा परेका थुप्रै चेलीहरुको लागि हो। निर्मला पन्त पनि कसैकी दिदी या बहिनी थिइन् तर कसैको दाजु या भाईले उनको आस्मितामाथि दाग लगाउँदै जिन्दगीसँग खेलवाड गरिदियो । त्यो खेलवाड गर्ने अपराधीले किन कहिले सोचेन कि उसका पनि घरमा दिदीबहिनी छन्। कसैले उसको इज्जत लुटी दिदाँ कति मन रोला? कसैले उसको जिन्दगीमाथि खेलवाड गरिदिदाँ रिसले कन्चिरेको रौं कति ठाडो होला? उसले किन रत्तिभर ख्याल गरेन कि कसैले आफ्नो दिदीबहिनीको कलिलो उमेरमै निर्ममता पुर्वक हत्या गरिदिदाँ कति सम्म अन्याय हुन्छ? उसले किन निर्मला माथि आफ्नो दिदीबहिनीको मुहार देखेन? खाली आफ्नो यौन प्यास मेटाउन प्रयोग गर्यो र अन्तत: राजनीतिक बचाउको खोल ओढ्न खोज्यो । यहाँ निर्मला मात्र आन्यायमा परेकी छैनन्, अनगिन्ति निर्मलाहरु बलात्कृत हुँदैछन्, अनेकौँ चेलीको गिन्दगीमाथि कुठाराघात हुँदैछन्, हजारौँ दिदीबहिनीहरु बेचिदैँछन्। यी बलात्कार गर्ने कसैको दाजु होलान्, जिन्दगीसगँ कुठाराघात गर्ने पनि कसैको भाई होलान्, ती बेच्नेहरु पनि कसैको दाजुभाई वा छोरा/नाती नै होलान्। अनि आज त्यहि बलात्कार गरेका, हत्या गरेका, बेचेर पैसा थपेका आफ्नो नारीमा दिदीबहिनीको हातबाट धागो बाँध्दा ती आन्यायमा परेका चेलीको एक झल्को पनि आउँदैन होला? आफ्ना दिदीबहिनीबाट आशिर्वाद थापिरहँदा उसले कसैको आशिर्वाद दिने दिदीबहिनीको शव क्षतविक्षत परेर आएकोमा अलिकति पनि संकोच लागेन होला? टाढा रहेका बहिनी आउँने बाटो हेर्दै गर्दा, के यी निर्मला जस्ती चेलीहरुको पनि बाटो हेर्ने कोहि होलान भन्ने हेक्का आउदैन होला ? हामी कस्तो दाजुभाईको रुपमा रहने आफैँमा एउटा गम्भीर प्रश्न बनेर खडा भएझैँ लाग्छ, रक्षक कि भक्षक ???

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.