वारसवा पोल्यान्ड
अन्तरास्ट्रीय कलाकार समाज पोल्यान्डको आयोजना मा यहि सेप्टेम्बर ८ तारिखका दिन हरितालिका तीज 2018 कार्यक्रम हुने भएको छ!
ईनासको आयोजना मा सम्पन्न हुन लागेको हरितालिका तीज कार्यक्रम 2012 साल देखि को निरन्तरता भएता पनि यो बर्षको कार्यक्रम बिगतको भन्दा अलि पृथक हुने ईनास पोल्याण्डका अध्यक्ष श्री श्री कृष्ण न्यौपानेले बताएका छन!
८सेप्टेम्बर 2018 का दिन अपरान्हको 4 बजे बाट शुरु हुने उक्त कार्यक्रम आवतजावत मा सहज हुने र सबैलाई पाएक पर्ने वार्शाको सेन्टर नजिकै मेट्रो पोलिटेक्निका को आडै मा स्थित Klub Rivera Remont
ul. Waryńskiego 12a; 00-631 Warszawa मा सम्पन्न हुनेछ!
कार्यक्रमको ब्यबस्थापनमा सहजिकरण होस भनि समाजका महासचिब सोम सैंजुको पहलमा अमित कुमार यादब लाई कार्यक्रम संयोजक तोकिएको छ, निज यादब ईनास पोल्यान्डका पर्यटक प्रबर्धन संयोजक समेत रहेका छन!
कार्यक्रम मा सकेसम्म कोहि नछुटुन भन्ने हेतुले ब्यापक रुपमा सुचना संप्रेषण गर्न ईनास पदाधिकार एबम पोल्यान्ड स्थित सम्पुर्ण संघ सस्था एबम नेपाली दाजु भाई दिदि बहिनि हरुमा अनुरोध गरिएको छ ! बिगतका बर्ष हरुमा प्रबेश निशुल्क गर्दा समाज लाई ठुलो आर्थिक भार परेका कारण यस पटकको कार्यक्रम मा प्रबेश शुल्क ३० जोल्टि लिने जसमा खानाको समेत ब्यब्स्थापन गरिने जानकारी दिएको छ!
ईनासले सामाजिक संजालमा निम्नानुसार सुचना संप्रेषण गरेको छ!
Image
हिन्दू नारिहरुको महान चाड हरितालिका तिज २०७५, जन्मभुमी नेपाल र आफ्नै दाजु भाईको आँगनमा मनाउन नपाए पनि सम्पूर्ण पोल्याण्डबासी नेपाली दिदी बहिनिहरुलाई केहि हदसम्म भए पनि त्यो पिडा भुलाउदै छमछमी नचाँउन
INAS POLAND को आयोजनामा ०८ सेप्टेम्बर २०१८ का दिन
Klub Rivera Remont
ul. Waryńskiego 12a; 00-631 Warszawa
मा अपरान्हको ४.०० बजे बाट हुने हुँदा पोल्याण्डबाशी सम्पुर्ण दिदीबहिनी एबम दाजुभाई हरुलाई सादर निमन्त्रणा!ह्र्दयदेखी नै हार्दिक स्वागत ……………..
कार्यक्रमका आकर्षणहरु
-अतिथिहरुको स्वागत
-नेपाली सस्कारिक,सास्कृतिक नृत्य प्रस्तुत
-छमछमि तिज – तिजका गितसगै
-तिजको दरसहित तिज बिशेष कार्यक्रम
-पुन: छमछमि तिज – तिजका गितसगै
-साहित्यिक प्रस्तुती सहित अन्य मनोरन्जनात्मक कार्यक्रम!
Teej jest to festiwal postu hinduskich kobiet. Tradycyjnie obchodzony jest w Nepalu czci bogini Parwati, upamiętniając jej małżeństwo i związek z bogiem Śiwą. Teej odbywa się w intencji szczęśliwego małżeństwa, pomyślności małżonków i potomstwa oraz, aby oczyścić swoje ciało i duszę. Teej jest trzydniowym festiwalem, który łączy okazałą ucztę z surowym postem.
Dla kobiet z Nepalu jest to jedno z najważniejszych świąt w roku, podczas którego, ubrane w tradycyjne stroje, tańczą i śpiewają. Z tej okazji pragniemy serdecznie wszystkich zaprosić na wspólną imprezę, która odbędzie się 08,09,2018 w Klub Rivera Remont
ul. Waryńskiego 12a;
00-631 Warszawa
W programie imprezy:
•