कलश खरेल
२२ अगस्ट, वार्सावा । तीजको माहोल नजिकीदै गर्दा नेपाली बजारमा तीज गीतको लहरै छाएको छ।यसै क्रममा समयानुकूल र पृथक गीत नाच्छु बरीलै बजारमा आएको छ।छोटाे समयमै दर्शक श्रोतामाझ अत्यन्त लोकप्रिय भएको यस गीतमा खासगरी महादेव जस्तो पति पाएको र मन फुकाएर सिङ्गापुरे सारीमा नाच्ने श्रीमतीको उद्घोसलाई पनि श्रीमानले पुर्ण रुपमा समर्थन जनाइ अरुको मेख मारेर पाउजु बजाउदै नाच्न सुझाएका छन्मो ।
मोडलिङ्गमा उत्तिकै चर्चा बटुलिरहेकी अस्मिताले गायनमा पनि अब्बलता प्रस्तुत गरेकी छिन् । अस्मिता रानालाई गायनमा गणेश बि सि को साथ रहेको छ भने शब्द निराजन क्षेत्रीले गरेका छन् । राजकुमार पुन मगरले लय बद्ध गरेको यश गीतमा अभिनय स्वयं गायिका राना र सार्जन थापाले गरेका छन।निर्देशन पनि स्वयं अभिनकर्ता थापाले नै गरेकी छिन्। बजार व्यवश्थापन सनलाइट डिजिटल प्रा.लि मार्फत गरिएको छ।