कलश खरेल
२१ अगस्ट, वार्सावा । यतिखेर नेपाली साङ्गीतिक बजार धमाधम प्रकाशित तीज गीत हरुले तातिरहेको छ।अधिकांश गीत छाडा मनोरंजन र पश्चिमा भड्किलो शैलीमा अनुबद्ध भएर आइरहेको सन्दर्भमा चेलीको ब्यथा नामक एल्बमले आम नेपाली चेलिबेटीले वास्तविक जीवनमा भोगेको यथार्थ अन्तर व्यथा,रोदन,कारुणिक मर्मलाई उजागर गरेको छ।खासगरी माइतीघर बनाउन विवाह पुर्व चेलीले खेलेको भुमिका,दु:खको अन्तरजाल समेटिएको यस गीतमा छोरीले आमालाई दु:खी र सुखी छोराछोरीको स्तर मुल्यांकन गरेर भेदभाव नगर्न र धनलाई नै सर्बोपरी नठान्न सुझाएको देखिन्छ।
त्यस्तै अर्को तर्फ विदेशीएका भाईले आफ्नो नेपाल बसाइ अत्यन्त छोटाे भएको अबस्थामा दिदीलाई माईत आएर सगैँ पर्व मनाउन अनुरोध गरीरहेको देखिन्छ।यस्तै -यस्तै समयसामयिक विषयवस्तु समेटिएको यस गीतमा मुर्ध्न्य स्रस्टा एंव गायिका शर्मिला गुरुङ्ग र लोकप्रिय गायक पुरुषोत्तम गैरेको स्वरले थप समधुर बनाएको छ।लय स्वयं गायक गैरेको नै रहेको छ भने चर्चित मोडल राजु महोत्राले शब्द लिपिबद्ध गरेका छन् । विष्णु भट्टराईले उत्कृष्ट निर्देशन गरेको यस गीतमा अभिनय स्वयं मोडल राजु महोत्रा,मिरा महोत्रा,पुस्पा ज्ञवाली लगायतको रहेको छ भने अर्को तर्फ चर्चित म्युजिक कम्पनी स्वाभिमान क्रीएशनले बजार व्यवश्थापन गरेको छ ।