कलश खरेल
२२ अगस्ट, वार्सावा। धेरै नेपालीको बाध्यता विदेशीनु पर्ने पिडा, साहुको ऋण बोकेर बिदेशीएका दाजु भाईका श्रीमतीले पसिनाको मूल्य नै नबुझ्ने र बुढो विदेशबाट आउँदा श्रीमती नै धन सम्पत्ति कुम्लाएर अर्कैसगँ हिडेको समाचार सुनी रहँदा बिगत लामो समयदेखि परदेशीका कथा व्यथालाई समेटिएर तयार पारेको गीत तेरी स्वास्नी भाग ५ बजारमा आएको छ ।
ऋण धन खोजेर घरबारी बन्धकी राखेर परिवारको उज्जवल भविस्यको खोजिमा श्रीमती छोराछोरी सहरमामा राखेर बिरानो मुलकमा कामको खोजीमा जाने गरेको तितो यथार्थ हाम्रो समाजमा रहेको छ । तर बिडम्बना परदेशीका श्रीमती अर्कै केटासँग पल्कने, दु:ख गरेर कमाएको सम्पत्ति मोज र मस्तीमा उडाउने गरेका सत्य घटनाहरु हाम्रो समामा धरै हेर्दै र भोग्दै आएका छौँ। यस्तै वर्तमान परिस्थितिको कटु यथार्थ विषयवस्तुलाई समेटी हरेक वर्ष आफ्नो गीत संगितबट सन्देश दिदै आएका गाएक नमराज पाण्डेले यसपाली पनि तेरी स्वास्नी भाग ५ बजारमा लेयाएका हुन्। श्रीमती बिग्रेको र घरवार नै तहसनहस भएका घटना सुन्दा परदेशी दाजु-भाईको मन चसक्क हुन सक्छ तर यो तितो सत्य घटना हो । यसपाली कान्छी श्रीमती बिहे गर्दा को पीडा कथा सहित समावेश गीत समय सान्दर्भिक र संदेशमुलक गीत बनाएको गायक पाण्डे बताउछन् ।
भिडियो तल हेर्नुहोस्