पोल्यान्डमा आज बसेको बैठकमा एन आर एन ए पोल्यान्डको आयोजनामा तथा बिभिन्न संघ संस्थाहरुको सहआयोजनामा पोल्यान्डमा नेपाली फेस्टिभल कार्यक्रम हुने भएको छ ।
पोल्यान्डमा रहेका बिभिन्न नेपालीहरुलाई समावेश गरी बिभिन्न संघ संस्थाको प्रतिनिधित्व हुने गरी हुन लागिएको नेपाल फेस्टिभल कार्यक्रमको लागि संयोजन एन आर एन आइ सि सि सदस्य तथा संरक्षक डा बोधराज सुवेदीले गर्ने हुनु भएको छ ।
उक्त कार्यक्रमको लागी बसेको बिभिन्न संघ संस्थाको बैठकमा एन आर एन ए पोल्यान्ड अध्यक्ष गोपाल राइ , जन सम्पर्क समिती डा एलिनी पोखरेल सुवेदी प्रवासी नेपाली मंच बाट टन्क कटुवाल , प्रवासी नेपाली मंच अध्यक्ष लक्ष्मी भट्टराई आनन्द घिमिरे , जिवन कुमार के सि , मित्र लाल पार्दे इनास पोल्यान्ड उपाध्यक्ष रितु न्यौपाने , माया पुलामी , लगायत बिभिन्न व्यक्तिहरूको उपस्थिति थियो । उक्त बैठकले पोल्यान्डमा एक नेपाल फेस्टिभल पोल्यान्डको मुख्य शहर वरसवामा राख्ने निर्णय गरिएको थियो ।
नेपाली दूतावास नेपाल सरकार र बिभिन्न व्यक्तिहरुसित सहकार्य गर्दै अगाडि बढ्न लागेको उक्त कार्यक्रमको बैठकमा बिभिन्न संघ संस्थाका व्यक्तिहरुको सहकार्यले पोल्यान्डमा एक नौलो कार्यक्रमको अनुभव पोलिश नागरिकले गर्नेछन् र नेपाल घुम्न प्रेरित हुनेछ भन्ने साझा धारणा सबै उपस्थित व्यक्तिहरुको थियो ।
स्मरण रहोस उक्त कार्यक्रम बारे पनि छलफल गर्न दुई हप्ता अघि पनि बिभिन्न व्यक्तिहरूको उपस्थितिमा छलफल भएको थियो ।
साथै आज बसेको बिभिन्न संघ संस्थाको बैठकमा एन आर एन ए पोल्यान्डको आयोजनामा हुन लागेको कार्यक्रममा डा बोधराज सुबेदिलाई संयोजनको भुमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको थियो भने बिभिन्न संस्थाको सहआयोजनामा अन्य संस्थाको अध्यक्ष लगायत संस्थाले छनौट गरी पठाएका व्यक्तिलाई समिती सदस्यमा राख्ने निर्णय गरिएको थियो ।
बिभिन्न संघ संस्थाको तर्फबाट उक्त कार्यक्रम सफल पार्ने प्रतिबद्धता जाहेर भएको थियो ।