कलश खरेल
१३ अगस्ट, वार्सावा । सर्बस्वीकार्य फेरहिस्त आमजनमानसमा गीत-सङ्गीत नै हो। सङ्गीतको कुनै मापन र रेखा कोरिएको हुँदैन, त्यहाँ हरेक बर्ग,जात लिङ्ग, उमेर,भुगोल र परिवेशका मानिसहरुको तौर -तारम्य मिलेको देख्न पाइन्छ।पछील्लो समय नेपालमा पनि नयाँ पुस्ताका गायक -गायिकाहरुको कला र गलामा दर्शक र श्रोता अत्यन्तै झुमेको देख्न सकिन्छ।हालैका दिनहरुमा सर्बत्र चर्चा -परिचर्चा सहित आम लोकपारखिमाझ दरबिलो रङ्गिन छाप छोड्न सफल नयाँ पुस्ताकी उर्जाशिल एवं कलात्मक गायिका प्रिया भण्डारीको सन्दर्भमा चर्चा गरेका छौँ।
नेपालको छिमेकी देश भारतमा कामको शिलशिलामा बाबा -आमाको उतै बसाईका क्रममा बुवा बाबुराम र आमा जानुका भण्डारीको ममतामयी छोरीको रुपमा जन्म लिएकी भण्डारी बाल्यकालदेखि नै शालिन,बौद्धिक एवं चन्चले स्वभावकि थिइन्।हुने बिरुवाको चिल्लो पात भनेझै बाल्यकालदेखि नै उनको लगाब र आकर्षण गीत -सङ्गीतको छहारिमै हुन पुग्यो।हरेक पल -हरेक क्षण सङ्गीतको धुनमा नतमस्तक हुने भण्डारीले अग्रज र मुर्धन्य श्रस्टाहरुको गीत सुनेर नै अनुसरणको पारुप तयार गरिन।हरेक कार्यक्रम र उत्सवमा उनी सहभागी हुँदा अरु प्रतिस्प्रधी निरीह जस्तै हुने गर्दथे किनकी उनको गायकी नै समधुरताको मुलले बाँधिएको थियो ।बिगतको पृष्ठभुमि पुनर्ताजगी गर्दा बिगतमा बुटवलको दीप बोर्डिङ्ग स्कुलले आयोजना गरेको नामिक कार्यक्रम दीप सिङ्गङ्गीङ्ग स्टारमा सयौ पर्तिस्प्रधिलाई पछि पार्दै प्रथम स्थान हासिल गरेर आफुलाई अब्बल दर्जामा पुर्याएर काबलियताको प्रमाणित गरिन्।
औपचारिक शिक्षा एभरेष्ट स्कुलबाट एस.एल.सि र अक्सफोर्ड कलेजबाट ब्याचलर सम्म अध्यन पूरा गरेकी भण्डारी केबल स्थानीय क्षेत्रमा मात्र सिमित भैइनन बिस्तारै रास्ट्रिय स्थरमा उनको सकृया बढ्दै गयो। फलस्वरूप झुपडी र अन्लाईन गीति संग्रहबाट उनले औपचारिक गायन अध्याय सुरु गरिन।छेक्नेले छेक्न खोजिरहे,रोक्नेले रोक्न खोजिरहे तर उनको निखारता उत्कर्समा पुग्दै गयो । परिणामस्वरुप सबैको नजरमा एक कुशल र क्षमतावान गायिकाको रुपमा उदाउन सफल भईन ।झन्डै एक दर्जन एल्बममा स्वर दिएकि भण्डारीले ५ वटा गीति संग्रहमा स्वयं आफै लगानी गरेकी छिन्।ती मध्ये पनि सै पनि एमाले र मै पनि एमाले नामक बोलको गीतले उनको गायनस्तरमा नै कायापलट भयो।त्यो गीतको लोकप्रियता यति सम्म बढ्यो के बुढा,के तन्नेरी,के युवती सबै जमातको मन-मनमा सदाबाहार जिब्रोझै झुन्डिन सफल भयो।यहाँ सम्म आइपुग्दा अग्रज गायक तथा सर्जकहरुको पनि विशेष भुमिका निर्बाह गरेका छन्।बद्री पङ्गेनी,बैकुण्ठ महत,एकनारायण भण्डारी लगायतको अभुतपुर्ब सहयोग र सद्भावलाई जिबन्त बनाउने उनको कर्मठ योजना प्रशम्सनीय छ।हरेक वर्ष जस्तै उनको यसपाली पनि मौलिकतालाई समेटेर तीज गीत माइती बजारमा आएको छ।छोटाे समयमै अत्याधिक चर्चा कमाएको यस गीतबाट पनि पुस्टि हुन्छ गायिका भण्डारी सदैब नयाँ पुस्ताको लागि उदाहरणिय पात्र हुने छिन्।