कलश खरेल
१२ अगस्ट, वार्सावा। नेपाली बजार हालैका दिनहरुमा तीज गीतका लहरले उत्कर्षमा पुगेको छ।यहि सेरोफेरोमा प्रेम सम्बन्धको विषयमा चर्चा गर्दै गायिका कमला अधिकारी र विष्णु खतिवडाले सुन्दर तीज गीति संग्रह मुसुक्क हासिदेऊ माया बजारमा लिएर आएका छन् । छोटाे समयमै निकै लोकप्रिय भएको यस गीतमा खासगरी अन्तिममा छुट्टीने बेला प्रेमिकाले सम्झनाको चिनो पस्मिना मागिरहदा प्रेमिले भने काठमाडौं न्यु रोडमा सङ्ग – सङ्गै गएर मन परेको चिज किनिदिने बाचा गरीरहेका हुन्छन् तर अर्को तर्फ पोखरा लेक साइडमै गएर किनिदिन केटी वा प्रेमिकाले आग्रह गरीरहेकी छीन्।यस्तै -यस्तै भाब समेटिएको यस गीतमा स्वर गायिका कमला अधिकारी र गायक विष्णु खतिवडाको रहेको छ भने शब्द -सङ्गीत पनि स्वयं गायिकाले नै गरेकी छिन।धुर्ब हिमाली र सुमन रुचालले निखारिएको अभिनय मार्फत आम दर्शकलाई मनोरन्जन प्रदान गरेका छन् अर्को तर्फ निर्देशनको पाटाेलाई रबिन शाहले न्याय दिएका छन्।यस गीतको बजार व्यबस्थापन स्पष्ट खबर मीडियाले गरेको छ।