६ अगस्ट, वार्सवा । यस वर्ष केहि दिन देखि युरोपका बिगतका तापक्रमलाई उछिन्ने अनुमान गरिएको छ। बिशेष गरि दक्षिणि स्पेन, पोर्चुगलमा यसपाली ४७ डिग्री सेल्सियस (११६ फरेनहाइट) सम्म पुग्न सक्ने आनुमान त्यहाँका सरकारी मापन केन्द्रले गरेका छन् । यदि तपाँईलाई थर्मोमीटरबाट भन्न सक्नु हुन्न भने स्विडेनमा पर्बतका हिँउ पग्लिएको उदाहरणहरु हेर्न सक्नु हुन्छ । त्यस्तै यहाँ तापक्रम बढेर देखा परेका केहि असरहरुको उदाहरण हेर्न सक्छौँ ।
१) पहाड पग्लिदै – गर्मीका कारण जुलाई देखि लगातार हिँउ पग्लिएर स्विडेनको काबेङ्काइसे पहाड मुलुककै अग्लो पहाडको रुपमा रहेन । जुलाई २ देखि ३१ सम्म मात्रै सो पहाडबाट ४ मिटर (१३ फिट) हिँउ पग्लिएको छ। स्टकहोम विस्वविध्यालयका भूगोल प्राध्यापक गुन्हिल्ड निनिस रोस्क्विस्टले भनेका छन्- यो जलवायु परिवर्तनको एकदमै डरलाग्दो अवस्था हो जुन हामीले प्रत्यक्ष अनुभव गरिरहेका छौँ ।
२) स्विजरल्याण्डमा माछाहरुको उद्दार – स्विजरल्याण्डमा तालको पानी धेरै तात्दै जाँदा धेरै माछाहरुको उद्दार गरि अन्यत्र सारिएको छ । अन्य धेरै जलचर जिवहरु जीवन संकटमा परेको जनाइएको छ । गत हप्ता मात्रै कन्स्टान्स तालको तापक्रम २५ डिग्री सेल्सियस मापन गरिएको थियो । यध्यपी केहि ठाउँमा माछाहरु उद्दार गरि चिसो पानीमा राख्न सकिए पानी कन्स्टन्स र रिने तालमा त्यसो गर्न सम्भव नभएको बताइएको छ ।
निरन्तर तापक्रम बढेका कारण त्यहाँको जनजीवन पनि नराम्रोसँग प्रभावित भएको छ, स्विस आर्मीहरु युनिफर्मको सट्टा हाल्फ कट्टु र टि-सर्ट लगाई राखेका छन् । त्यस्तै पुलिसका कुकुरहरुलाई खुट्टाको सुरक्षाको लागि जुत्ता लगाईएको छ ।
३) ब्रसेल्समा स्प्रोउटको संकट हुन सक्ने – धेरै गर्मीका कारण सब्जी उत्पादनमा भारी गिरावट हुनसक्ने संकेत गरिएको छ । बिशेष गरि स्प्रोउट उत्पादन गर्ने किसानहरुले यस्तो चेतावनी दिएका हुन्। त्यस्तै अत्यधिक गर्मी बढेका कारण यसपाली आलुको आकार पनि सामान्य भन्दा सानो हुने अनुमान गर्न थालिएको छ । अद्दयपी सब्जी मन नपराउने बच्चाहरुको लागि राम्रो समाचार हुन सक्छ तर क्रिसमस डिनरको लागि अप्रिय समाचार ।
४) चिडियाखानाको जनावरको लागि बरफिलो खाना – मान्छेहरु जस्तै जनावरहरु पनि आफुलाई चिसो अनुभव गराउन अनेक उपाए खोजेको देख्न सकिन्छ। दक्षिणि पश्चिमी फ्रान्समा रहेको ला पाल्मिरे चिडियाघरमा रहेका मांसाहारी जनावरहरु रगत र मासु मिसाएर खाने गरेका छन् । त्यस्तै साकाहारी जनावरहरुलाई बरफिलो खानाहरु दिने गरिएको छ । लण्डनको चिडियाखानामा पनि त्यस्तै भएको बताइएको छ ।
५) बाल्टिक सागरमा विषाक्त यल्गी – निकै गर्मी बढेका कारणले बाल्टिक सागरमा विषाक्त यल्गीहरु देखा परेका छन्। जसका कारण ले पौडिएर आनन्द लिने अवस्था निकै कम रहेको देखिन्छ । पोल्याण्ड, लुथिनिया तथा स्विडेनका मानिसहरुलाई त्यस्तो विषाक्त यल्गी देखा परेको पानीमा पौडी नखेल्न उर्दी जारि गरिएको छ ।
६) पानीका क्याननहरु रुखहरुमा लक्षित- जर्मन प्रहरीहरुले पानीका क्याननहरु सर्वसाधारणको नियन्त्रणबाट लिएर रुखहरुमा पानी हाल्न तल्लिन छन्। त्यस्तै सरकारी पानीका ट्रकहरु देशका भिविन्न शहरहरुमा पानी वितरण गरि रहेका छन् ।
श्रोत: बिबिसी डट कम