कलश खरेल
५ अगस्ट, वार्सावा ।हरेक मानिसको मानसपटलमा गीत -सङ्गीतको गुन्जन कुनै न कुनै रुपमा बजिरहेको हुन्छ।चाहे त्यो सुखद क्षणलाई रोमाञ्चकतामा बदल्न होस् या दु:ख, पिडा र दर्दलाई भुलाउन होस् त्यो माध्यम सङ्गीतको धुन रहेको सर्बस्वीकार्य छ।खासगरी गायक गायिका एवं स्रस्टाहरुले आफ्नो जीवनको अधिकांश समय गीत सङ्गीतको उत्थान र सम्बर्द्धनमा व्यथित गरेका हुन्छन् तर उनीहरुको व्यक्तिगत जीवनकालमा भोगेका कारुणिक अन्तरव्यथा आम मानिसलाई खुलस्त पार्दैनन्।गन्तव्य स्थान सम्म आइपुग्दा उनीहरुले भोगेको तमाम अवरोध र जञ्जाल चिर्न कति मेहनत गर्नु पर्छ, सफलता प्राप्तिका पछाडि संघर्षका प्रायहरु कति सम्म झेल्नुपर्दो रहेछ भन्ने सन्दर्भमा आम मानिस बेखबर हुन्छन् ।यहि सेरोफेरोमा आज हामीले पछिल्लो समयकी बहुचर्चित एवं गला र कलाकी धनी गायिका सम्झना भण्डारीको कहालीलाग्दो संघर्ष र साङ्गीतिक यात्राको सन्दर्भमा चर्चा गरेका छौँ।
बुबा हस्तबहादुर भण्डारी र आमा गोमा कुमारी भण्डारीको कोखबाट लम्जुङ्गको सिम्पानीमा सामान्य परिवारमा जन्मिएकी भण्डारी बाल्यकाल देखिनै निकै शालिन तर निकै बौद्धिक स्वभावकी थिईन।सामान्य रुपले चलेको परिवारमा अनाहकमै बुवाले घर छोडेर जाँदा घरपरिवार सामाजिक -आर्थिक रुपमा बिक्षिप्त हुँदै गयो।त्यो कारुणिक अवस्थालाई मध्यनजर गरेर भण्डारीले आफ्नो आमा समक्ष सानिमाको घरमा जाने प्रस्ताव गरिन्।सायद घरपरिवार आर्थिकरुपमा दयनीय भएको कारणले गर्दा आमाले तुरुन्तै सहमति जनाउनु भयो।त्यसपस्चात उनी विभिन्न सपना बुनेर सानिमाको घरमा पुगिन्।सानिमाको घरमा पनि उनको थप कष्टकर जीवन बन्न पुग्यो।उनको घरमा जसोतसो ६ कक्षा सम्म अध्यन गरिन् यधपी सोचेअनुरुप नहुँदा उनलाई पुन: आफ्नै जन्मस्थलमा फर्कने परिस्थिति अवस्था भयो र घरमै बसेर सदाझैँ दु:ख कष्ट गरेर अध्यन गरिन्।जस्तोसुकै परिस्थिति झेल्नुपरेपनी उनको हरेक अङ्ग-अङ्गमा गीत सङ्गीतको धुनले सचांर गरिसकेको थियो।गाउँमा हुने हरेक कार्यक्रममा जुनसुकै रुपमा भाग लिने गर्थिन् र उनको माधुर्य स्वरबाट सबै नतमस्तक हुन्थे।कार्यक्रममा सहभागिता मार्फत उत्कृष्ट प्रस्तुति दिएर पुरस्कार र सम्मान हासिल गरेका दर्जनौं उदाहरण छन्।
कुनै एक समय चर्चित गायक राजु परियारको संयोजनमा लम्जुङ्ग लोक तारा छनोट कार्यक्रम तय भएको थियो, त्यस क्रममा उनले आमा सगँ कैयौंपटक भाग लिने सन्दर्भमा अनुरोध गरिन् तर किन्चित रुपमा आमा सकारात्मक हुनुभएन त्यसको अलवा दिदी भाइले पनि बिरोध गरेर आमालाई साथ दिए।त्यो जेलजस्तो भुमरिलाई तोड्दै उनी कौसिबाट भागेर कार्यक्रममा पुगीन् तर त्यहा उनको कपडा बाधक बन्यो।त्यो दर्दनाक परिवेशमा हुर्केकी किशोरीको स्वभाविक रुपमा कपडा च्यात्तिएको,मैलो थियो।त्यो स्वरुप परिवार्तन गरेर मात्र सहभागिता दिने आयोजकको भनाइ मुताबिक उनी तुरुन्तै गुन्यो चोली सिलाएर कार्यक्रममा भाग लिईन।उनको स्वरका अगाडि अरु पर्तिस्प्रधी निरीह जस्तै देखिए त्यो क्रममा उनी उच्च काेटिको प्रस्तुति गरेकै कारण उत्कृष्ट १० जनाभित्र सफल भैइन्।पारिवारीक तनाव र बिविध अवरोधले गर्दा उनी त्यो स्तर भन्दा माथी जान त सकिनन् तर उनको कलामा निखारता ल्याउन सफल भैइन।त्यो सहभागिताले आत्मबल र श्रीजनाको बिकास भयो।उनको काबलियता र क्षमता केबल साघुरो घेरामा सिमित हुने किन्चित अबस्था थिएन किनकी उनी गीत सङ्गीतको लगावमा कर्मठ भएकी थिइन्।सङ्गीतको पाटाेलाई जबर्जस्त अङ्गालिरहदा उनको ध्यान गीत -सङ्गीतको सङ्गम स्थल नेपालको राजधानी काठमाण्डाै प्रवेशमा गयो।त्यो कालखण्डमा गाउँकै शहर जान त मेला वा उत्सव कुर्नु पर्ने थियो भने काठमाण्डाै सामान्य मानिसको लागि भब्य शहरको रुपमा वा आकाशको फल आखातरी मर भन्ने उखान सगँ तुलना गरिन्थ्यो।कठिन परिस्थिका बाबजुत पनि उनी काठमाण्डौं प्रवेश गरिन्।आर्थिक रुपमा निरीह चेलिको लागि राजधानी सहज पक्कै पनि थिएन।
उनी तेतिबेला तत्कालै कोठा लिएर बस्ने अवस्था थिएन तसर्थ केही समय सानिमाकै घरमा बस्न पुगिन।दोहोरी घरमा काम गर्ने सोचका साथ निकै भौतारिन तर भेटिएन।दिनप्रतिदिन घुम्ने क्रममा चर्चित गायिका सम्झना लामिछानेको बहिनी र कोपिला शिल्पासँग भेट भयो र उनीहरुको आग्रहमा छुट्टै कोठामा सरिन।कोठा पनि अँध्यारो घेरामा सिमित थियो तर विवशताका बाबजुत उनी त्यहाँ बस्न पुगिन।सानिमाले केही पैसा लुकाएर दिएता पनि जीवन व्यथित गर्न सम्भव थिएन।स्वर्गीय गायिका मन्जु महतले पुतलीसडकमा सडकमा बाग्लुङ्ग कालिका दोहोरी साँझ सन्चालन गरेकी थिइन, जहाँ चर्चित कलाकार कुलेन्द्र विस्वकर्मा र शिव हमाल पनि आबद्ध थिए।त्यस क्रममा उनले एउटा गीत गाएर सुनाउँदा त्यहाँ उपस्थित सबै उत्साहित भए।जसका कारण उनलाई गाउनको लागि बोलाइयो। कति समय भोकै हिँडेर काममा गइन त्यो बिरक्तपुर्ण अवस्था बिर्सनलायक छैन। केही समय पछि त्यो दोहोरी साँझ बन्द भयो।पुन: उनी बेरोजगार बनिन्।ततपस्चात उनी बसपार्कको एक कपडा पसलमा जागिरको रुपमा आबद्ध भइन तर साउको अपमानका सामु त्यहाँ लामो समय टिक्न सकिनन्।उनको नसा -नसामा सङ्गीतनै संचार भएका कारण पुनः चर्चित फेवा दोहोरी साँझमा आबद्ध हुन पुगिन्।दोहोरी साँझमा गाउँने क्रममा समाज र गाउले कैयौंपटक लालछना र आक्षेप लगाउने मात्र काम भयो छेक्नेले छेक्न खोजिरहे रोक्नेले रोक्न खोजिरहे तर उनको निखारता उत्कर्षमा पुग्दै गयो।लोकदोहोरीमा उनको कठिन यात्रा जारी रहँदा जादुमयी रुपमा सङ्गीत क्षेत्रकै एक संरक्षक पृथ्वी थकालीसँग भेट भयो।थकालीको अमूल्य सहयोगले गर्दा उनको कलाले सार्थकता पायो।
दशैँ सम्बन्धि गीतमार्फत औपचारिक गायन अध्याय सुरु गरेकी भण्डारीलेबिगतदेखी बर्तमान सम्म आइपुग्दा करिब १८ वटा एल्बममा स्वर दिएकी छन् । ती मध्ये पनि चर्चित गायक पशुपति शर्माको लय शब्दमा बजारमा ल्याएको गीत मेरो माया बसेको ठाँउमा बत्ती बाल्नै पर्दैन त्यो गाउँमा जबर्जस्त चर्चाको शिखरमा पुग्यो।पछिल्लो समय उनका तीज साङ्गीतिक कोसेलीहरु बत्ती बाल्नै पर्दैन भाग -३ यहि माया हो,गङ्गाको पानी,तीज गीत खत्तम उत्तिकै चर्चामा छन।गायिका भण्डारी केही समय देखि निरन्तर गाम बेसि दोहोरी साँझमा आबद्ध छिन्।जस्तोसुकै कठिन र दर्दनाक अवस्थामा पनि संघर्षबाट नभाग्ने हो भने सफल व्यक्ति बन्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बन्न पुगेकी छिन् चर्चित गायिका सम्झना भण्डारी । तस्तै संगीतमा लाग्न चाहने नयाँ सर्जकहरुको लागि उनी एक प्रेरणाकि श्रोत बन्न सक्ने कुरामा कुनै दुई मत छैन ।