कलश खरेल
३ अगस्ट, वार्सावा।गहिरो प्रेम सम्बन्धलाई सामाजिक रितीअनुसार निश्कर्षमा पुर्याउने प्रेणादायी संदेश गीतमार्फत अभिव्यक्त गर्दै आम लोक पारखी माझ निकै लोकप्रिय बन्न सफल यसपाली तीजकी गायिका सन्जु नेउपानेको कुशलता उत्कर्समा पुगेको छ।
खासगरी विवशता र बाध्यताका बीच विदेशमा श्रम बगाउनु परेता पनि पवित्र प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न तीज सम्म पर्खिन प्रेमिले आग्रह गरेका छन् भने अर्को तर्फ प्रेमिकाले पनि दिनरात तिम्रै नाम जप्दै पर्खाइमा रहेको र प्रेमिको आगमन पछि सुन्दर ठाउँमा घुमेर सामिप्यता थप कसिलो बनाउने वाचा गरेकी छन्।नवीन न्यौपानेको शब्द र बिक्रम कुंवरको लय रहेको यस गीतमा सुन्दरी गायिका सन्जु न्यौपाने र चर्चित गायक खुमन अधिकारीले स्वर दिएका छन्।मौसम हिमालीले उत्कृष्ट निर्देशन गरेको यस गीतलाई अब्बल अभिनयमार्फत स्वयं गायिका सन्जु न्यौपाने र ध्रुब हिमालीले उचित न्याय दिएका छन्।गीतको बजार व्यबस्थापन हिम सम्झौता डिजिटल मार्फत गरिएको छ।