२ अगस्ट, वार्सावा।आजको बैज्ञानिक युगमा हामीलाई आफ्नो जीवन सहज बनाउनको लागि विज्ञानले ठुलो भूमिका खेलेको छ। हामीले हाम्रो दैनिक कृयाकलापहरु सहज बनाउन कुनै न कुनै उपकरणहरुको प्रयोग गरि रहेका हुन्छौ। यीनै उपकरण तथा भिविन्न साधनहरुले गर्दा हाम्रो जीवन हामीले कल्पना गरेको भन्दा सहज एवं सरल बनेको छ । अचेल हरेक देशहरुका बैज्ञानिकहरुले खोज तथा अनुसन्धान गर्दै मानव जीवन सजिलो बनाउने किसिमको आविस्कारहरुको खोजि गरिरहेका हुन्छन् । यस परिप्रेक्षमा पोल्याण्ड पनि आफैंमा एउटा बिज्ञान प्रविधिमा आगाडी बढ्दै गरेको मध्य-युरोपियन देश हो । बिज्ञान प्रविधिको विकासको लागि पनि पोल्याण्ड सरकारले मनग्य पैसा खर्च गरेको देखिन्छ । यहाँ केहि पोल्याण्डबाट गरिएका बैज्ञानिक आविस्कारहरुको बारेमा चर्चा गरिएको छ जुन हामी कत्तिलाई थाहा नहुन पनि सक्छ ।
१) कम्प्यूटर कमोडोर ६४- कम्प्यूटर कमोडोर ६४ यासेक तेर्ज्मिलले गरेका हुन्, जसलाई हाम्रो ल्यापटप तथा अन्य डिभाइसमा प्रयोग गरिएको छ । तेर्ज्मिलको जन्म सन् १९२८ मा भएको थियो। उनी उच शहरमा बस्दथे, पछि १९४४ मा उनलाई हिटलरले खडा गरेका कन्स्ट्रक्सन क्याम्पमा लागिएको थियो। भाग्यवस उनी बाच्न सफल भए र दुई वर्षपछि उनी अमेरिका बसाँई सरे, जहाँ उनले विश्वकै पहिलो क्यालकुलेटर आविस्कार गरे। त्यति मात्रै होइन, उनले कोमोडोर इण्टरनेशनल कम्पनी खोले। उनले आविस्कार गरेको कोमोडोर कम्प्युटर १७ लाख बिक्रि भएको थियो जसले एउटा इतिहास नै कायम गरेको देखिन्छ ।
२) कटन बड- हामीले अचेल कानेघुजी निकाल्न प्रयोग गर्ने कटन बडको आविस्कार पनि पोल्याण्डबाटै भएको हो। सन् १९८२ मा जन्मिएका लियो गेस्तानजेङ्गले १९२३ तिर एकदिन उनकी श्रीमती जिउताले टुथपिकमा रुइ बेरेर कानको फोहोर निकालेको देखे र कटन बड बनाउने सोचको विकास गरेम जसलाई आज बेबीगेजको नामले पनि चिनिन्छ । अनले कटन बड धेरै बिक्रि हुने सामग्री मध्येमा पर्दछ जसलाई विभिन्न किसिमले प्रयोग गर्न सकिन्छ ।
३) पहिलो टेप प्लेयर “नाग्रा”– के तपाईं संगीत बिनाको जीवन कल्पना गर्न सक्नु हुन्छ ? सायदै कसैले सक्ला अहिले हामी हरेक समय संगीतमै रमाउँछौ चाहे हामी घरमा होस्, या कतै यात्रामा निस्केको बेला । हामीले सुन्ने गित संगीत सुन्न सजिलो बनाउने श्रेय भने सन् १९३१ मा जन्मिएका स्टेफन कुडेल्स्किले गरेका हुन् । यद्दपि दोश्रो विश्व युद्दको सुरुवाती तिर उनको परिवार पोल्याण्ड छोडेर गए । उनको बाल्यकाल हंगेरी र पछि फ्रान्समा बित्यो । भागदौडमा रहेको उनको परिवार अन्त त स्विजरल्याण्डमा गएर बसे । उनले त्यहि १९५१ मा कुडेल्स्किले नाग्रा आविस्कार गरे र थुप्रै टेलिभिजन, फिल्म निर्माता, रेडियो स्टेशनहरुलाई बिक्रि गरे । उनले प्राप्त गरेको सफलता स्वरुप कुडेल्स्कि ग्रुप कम्पनी खोले। उनले यो कम्पनी मार्फत टिभी आरएआई, बिबिसी, एनबिसी, एबिसी, सीबिसी जस्ता लोकप्रिय स्टेशनहरुलाई टेप प्लेयर बेचे । उनको योगदानले गर्दा उनी सुप्रसिद्द ओस्कार अवार्डबाट सन् १९६५, १९७७, १९७८ र १९९० मा पुरस्कारहरु प्राप्त गर्न सफल भए ।
४) भिटामिन- सन् १९१२ मा पुरै विश्व टाइटानिकको शोकमा डुबिराहदाँ पोलिश अनुसन्धानकर्ता काजिमिर्ज फन्क बेलायतमा कार्यरत थिए, त्यसैबेला उनले चामलबाट मानिसलाई अत्यावश्यक त्यस्तो पदार्थको खोजे गरे जसलाई उनले ल्याटिन नाम “भिटामिन” दिए । जहाँ “भिटा” को अर्थ जीवन हुन्छ भने “एमिन्स” एक रसायन हो । फन्कले सबैभन्दा पहिला उत्पादन गरेका भिटामिन- भिटामिन बी१ थियो । उनको सफलताको कारणले नै अन्य भिटामिन हरुको खोजि गर्दै त्यसलाई गोली (क्याप्सुल) को रुपमा विकसित गरियो। अहिले हामीले खाने भिटामिनहरु सबै फन्कले पाएको सफलताको कारणले गर्दा सहज भएको हो।
५) “बब” हेयरकट – सन् १८८४ मा पोल्याण्डमा जन्मिएका यन्टोनि चिर्प्लिकोसकी विश्वका पहिले हेयरड्रेसर सेलेब्रेटी हुन्। यद्दपि उनी १७ वर्षको उमेरमा पेरिस गएर एक सैलुनमा काम गर्न थाले । उनको आफ्नो अद्भुत कला तथा क्षमताले गर्दा उनी पेरिसमा आफ्नै यन्टोनि दि पेरिस नामको सैलुन खोलेका थिए, जहाँ विश्व प्रसिद्द महिला सेलेब्रेटीहरु उनी कहाँ कपालको डिजाइन बनाउन आउँथे । उनको सैलुनका ग्राहकहरुमा कोको चानेल, रोमानियन रानी मारी, सारा बेनेहार्ट, ग्रेटा गार्बो जस्ता प्रसिद्द महिलाहरु थिए। उनै चिर्प्लिकोसकीले एक विकास गरको बब हेयरकट आज पनि निकै लोकप्रिय छ ।
एजेन्सीहरुको सहयोगमा