कलश खरेल
१ अगस्ट, वार्सावा । पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा चर्चा -परिचर्चा बटुलिरहेकी अस्मिता रानाले हालै रिलिज भएको लडके जवानीमा बोल्ड नृत्य गरेर सबैको मन लोभ्याएकी छन्।
मनोरम र तेजिलो नृत्य रहेको यस गीतले जवानीमा केटा र केटीबिचको जबर्जस्त प्रेमलाई उजागर गरेको छ।क्रिम र पाउडर लगाएर आउदा केटीको सुन्दरता उत्कर्समा पुगेको र हेरेर नै मन लठ्ठ भएको केटा वा प्रेमिको भनाइ छ भने अर्को तर्फ क्याम्पस आउँदा एउटा केटामा नजर बसेको र त्यो नजरले नै मनको बाँध फुटाएको प्रेमिकाले वर्णन गरेकी छन्।यस्तै येस्तै रोचक प्रेम कथा रहेको यस गीतको स्वर गायक कृष्ण बहादुर स्यादा र गायिका गौरी भट्टको रहेको छ।लय सङ्गीत स्वयम् गायकले नै गरेको यस एल्बममा मोडल अस्मिता रानाका साथमा कमल सिंहले बेजोड रुपमा अभिनय गरेका छन्।प्रकाश क्षेत्रीद्वारा निर्देशित यस भिडियोलाइ सर्व-सम्मान म्युजिकले बजार व्यवस्थापन गरेको छ।