कलश खरेल
३० जुलाई, वार्सवा ।आम लोकपारखिका ढुक-ढुकि युवा गायक वसन्त लम्साल अत्यन्त मौलिक शब्दलहरिमा तीज कोसेली बुटवल बजार किनेको सारी बजारमा लिएर आएका छन्।खासगरी भल्कर र उत्तेजनापुर्ण गीत प्रकाशित गर्ने र मौलिकता,एेतिहासिकतामा दख्खल पुर्याउन खोज्नेलाई गतिलो जवाफ दिएको छ।आम दर्शक श्रोतालाई छम छमी नचाइरहेको यस गीतले खासगरी महिलाले लगाउने पहिरन,भेसभुसालाई बेजोड रुपमा उतारिएको छ।केटा पक्षले मायाले लगाएको रङ्गीचङ्गी साडिमा झ्याप्पै नजर गएको, उक्त साडि र गरगहना मार्फत सबैको ध्यानाकषिर्त गर्न सुझाएका छन् भने केटी वा प्रेमिले पनि साथी सङ्गै घुम्न जान हिडेको र बुटवल बजार किनेको सारी लगाएर नै तीजमा कम्मर मर्काएर नाच्ने र मेख मार्ने उद्घोष गरेकी छिन्।सबाल जवाफ मनमोहक ढंगले चलेको यस गीतमा स्वर गायक वसन्त लम्साल र अम्बिका केसिको रहेछ भने लय स्वयं गायक लम्साल र निर्देशन विष्णु भट्टराईले गरेका छन्।गीतको बजार व्यबस्थापन अर्घादरबार फिलिम्स प्रा.लि बाट गरिएको छ।