सस्तो लोकप्रियता कमाउने होडबाजी चलेको छ

२७ जुलाई, वार्सवा।

खासगरी समाज परिवर्तन गर्दै राष्ट्र सबल र सक्षम बनाउने प्रमुख सुत्रधार नै संचार जगत भएको एेतिहासिक पृष्ठभुमि छ।नेपालको परिप्रेक्षमा विस्लेषण गर्दा हरेक आन्दोलन र परिवर्तनको पहरेदारको रुपमा पत्रकारिता जगतले अहम भुमिका खेलेको हामिमाझ जगजाहेर नै छ।बिगतदेखी बर्तमान समयसम्म आइपुग्दा पत्रकारिता क्षेत्रले पनि अमुल्य निधिहरु जन्माएको छ जसले आफ्नो ज्यानको कुनै प्रवाह नगरी अहोरात्र जनतालाई सूचना एवं संचार प्रवाह गरि सामाजिक उत्तरदायित्व बहन गरेका छन्, ती राष्ट्रनायकलाई मुक्त कन्ठले प्रशंसा गर्नु प्रद्छ।पछिल्लो समय पत्रकारिता क्षेत्रले पनि नबिनतम प्रविधी सँगै विकासमा तिब्र छलाङ्ग मारेको छ, यो अत्यन्त सर्हानिय छ।यध्धपी यहि बीचमा कतिपय उत्तेजनामुलक -सनसनिपुर्ण समाचार प्रवाह गरेर केही समय चर्चाको पात्र बन्ने र हराउने परिपाटी बन्दै गैरहेको सन्दर्भमा निस्पक्ष,सत्य-तथ्य एवं खोजमुलक समाचार प्रवाह गरेर आमजनमानसमा समुन्द्र जस्तै अटल र सबल पात्र ठहरिएका पछिल्लो समयका बहुचर्चित, बहुआयामिक साथै प्रेसजगतकै नायक पत्रकार कपिल ज्ञवालिलाई आज हामिले पोल्यान्ड -नेपालको विशेष सम्बादमा जोडेका छौँ।२०४४ साल चैतमा गुल्मी जिल्लाको रुरु गा.पा -१ ठुलापोखरामा सामान्य परिवारमा जन्मिएका ज्ञवाली बाल्यकालदेखि नै शालिन तर निकै चातुर्य र सृजनशील स्ववाभका थिए।एस.एल .सि अगावै धेरै पत्र-पत्रिकामा सुन्दर लेख,रचना तथा कविताहरु प्रकाशित गर्न भ्याए। त्यसका अलवा रेडियो कार्यक्रममा सहभागी भै उत्कृष्ट भइ पुरस्कार ग्रहण गरेका दर्जनौ उदाहरण छन।एस.एल.सि पश्चात उनी मोफसलको पत्रकारिताको सङ्गम स्थल बुटवलमा झरे।उनी कुनै पनि क्षण आफुलाइ मन्द शैलिमा राख्न रुचाउँदैन थिए जसको कारण अध्यन सङ्गसङ्गै उनको सकृयता एवं पत्रकारिताप्रतिको मोह उत्कर्समा पुग्दै गयो ।फलस्वरूप २०६३ सालमा बुटवलको सुप्रसिद्ध लुम्बिनी सामुदायिक टेलीभिजनमा आवद्ध भइ औपचारिक पत्रकारिताको अध्याय सुरु गरे।एक दशक एउटै टेलीभिजनमा अहोरात्र खटिएर निरन्तर समाचार वाचन गरेका उनी आम संचारकर्मीमाझ इमान्दार र कुशल समाचार-वाचकको रुपमा पनि प्रख्यात छन्।दर्जनौ मिडियामा आबद्ध भएर सेवा प्रदान गरेका ज्ञवाली सङ्ग यथेस्ट अनुभवको सङ्गालो पनि छ।बुद्ध सामुदायिक टेलीभिजनका समाचार सम्योजक,चर्चित अनलाइन खबर नागरिक आबाजका प्रधान सम्पादक एबम दार्शनिक पत्रकार कपिल ज्ञवाली सङ्ग पत्रकारिता क्षेत्रमा बिकसित बिबिध आयामको सन्दर्भमा पोल्यान्ड नेपालका सम्पादक कलश खरेलले गरेको विशेष कुराकानी……..37828806_2090562204287712_2185210632138129408_n

प्रश्न: सुरुवातमा तपाईंको जन्मेको बारेमा स्पष्ट पार्नु हुन्छ कि?

जवाफ: २०४४ सालमा गुल्मी जिल्लाको मनोरम स्थल रुरु -१ ठुला पोखरामा भएको हो।म सामान्य परिवारमा जन्मेको सन्दर्भमा त्यति धेरै उतारचढावको अनुभव त मैले गरिन।बुवा-आमाको न्यानो माया र प्रेणाले नै म हुर्किए।उहाहरुको सद्भाव र प्रोत्साहनले नै म यो स्थानसम्म आएको हु।तसर्थ म सदैव उहाँहरु पर्ती हार्दिक नमन गर्न चाहान्छु।

प्रश्न: खासगरी तपाईंको पत्रकारिता यात्रा कसरी सुरु भयो?

जवाफ: विशेषगरि म बाल्यकालदेखि नै सृजनशील स्वभावको थिए।पत्रकारिताप्रति तिब्र रुचि भएको कारणले पनि मैले बिधालय अध्यन क्रममा ७-८ कक्षादेखिनै पत्र -पत्रीकामा सुन्दर लेख,रचना,कबिताहरु प्रकाशित गर्थे।विभिन्न रेडियो कार्यक्रममा सहभागी जनाउथे।कुनै मन परेको कार्यक्रम आउँदा आफ्नो काम छोडेर भएपनि सुन्ने र ग्रहण गर्ने बानी थियो।एस.एल.सि पछि म उच्च शिक्षाको अध्ययनको शिलशिला अगाडि बढाउने योजना अनुरुप पच्छिम नेपालको ब्यापारिक केन्द्र हाल प्रदेश ५ को राजधानी बुटवल झरे।यहाँ पनि अध्यनक्रममा पत्रपत्रिका तथा टेलीभिजनमा समाचार लेखन,रचना -लेखहरु छापिने क्रम बढ्दै गयो।संचार क्षेत्रमा केही न केही योगदान दिनु पर्छ भन्ने मान्यता रहेकै अवस्थामा सक्रियता उत्कर्समा पुग्दै गयो परिणाम स्वरुप २०६३ सालमा औपचारिक रुपमा बुटवलको चर्चित लुम्बिनी सामुदायिक टेलीभिजनमा समाचार वाचकको रुपमा आबद्ध भए।त्यो क्षणलाई नै आधिकारिक पत्रकारिता सुरु भन्न चाहान्छु म।झन्डै एक दशक भन्दा बढी समय मैले उक्त टेलीभिजनमा काम गरे।त्यही क्रममा दैनिक लुम्बिनी,राजधानी दैनिक एबम न्युज २४ को बुटवल सम्बादाता ,खसौली एफ एम बुटवलको समाचार प्रमुख,अनलाइन खबर बुटवलको सम्बादाताको रुपमा काम गरे। म २ बर्ष बुद्धभूमि साप्ताहिककाे संस्थापक कार्यकारी सम्पादक पनि रहेर काम गरेँ ।सायद मेरो शैली धिमा गतिमा हुन्थ्यो भने येति धेरै मिडिया हाउसमा सेवा गर्ने अबसर मिल्दैन थियो।यो सम्झिदा आफुलाइ थप सबल र सकृय राख्ने प्रयत्न गर्दै आयेको छु।पछिल्लो समय म बुद्ध सामुदायिक टेलीभिजनमा समाचार सम्योजक र लोकप्रिय अनलाइन खबर नागरिक आबाजको प्रधान सम्पादकको रुपमा कृयासिल छु।बर्तमान समयमा पनि आफ्नो दक्षताले भ्याएसम्म आम जनतालाई सत्य- तथ्य समाचार पस्किरहेका छौ।

प्रश्न: पछिल्लो समय मिडियाहरुको तिब्र बिकाश सङ्गै पत्रकारिता जगतले पनि छलाङ मारेकै हो येसमा सायद कसैको पनि बिमत्ति नहोला यधपी सकारात्मक बिकास सङ्गै बिकृती बिसङ्गती पनि अत्ध्यायिक मौलाएको छनी येसमा तपाईंको धारणा के छ?

जवाफ: यो अत्यन्त गहन प्रश्न गर्नु भयो।हो नबिनतम प्रविधिको विकाससँगै संचार क्षेत्रले पनि फड्काे मारेकै छ।पत्राकरले पनि गुणस्तरीय एवं तिब्र गतिमा निस्पक्ष समाचार प्रवाहमा तल्लीन छन् यो अत्यन्त सर्हानिय पक्ष पनि हो।कतिपय सन्दर्भमा आवेग र हचुवाको भरमा समाचार सम्प्रेषण गरिएको हुन्छ, यो शैली पक्कै पनि सुधार्नु पर्ने देखिन्छ।अर्को तर्फ सामाजिक सन्जाल अहिले पत्रकारिताको लागि चुनौतिको बार बनेको छ।खासगरी सामाजिक सन्जालमा आइसकेपछि मिडिया वा पत्रपत्रिकामा सुचना आउने परिवेश बन्दै गएको छ यो आफैमा दु:खद पनि छ।हामी के कति कारणले अरु प्रबिधि भन्दा पछि पर्यौ त्यो अनुसन्धान हुन जरुरी छ।कुनै पनि सुचना या समाचार अरुमा आउनुपुर्व मिडियाबाट आउँदा प्रवाभकारी हुन्छ। अर्को कुरा अहिले बिना दर्ता अनलाइन खबर र पत्र-पत्रिका चलाउनेको भिँड नै देखिन्छ।भित्री उद्देश्य एउटा बाहिर आवरणमा अर्को देखिने गरि जुन सस्तो लोकप्रियता कमाउने होडबाजी चलेको छ, यो तत्काल निरुत्साहित गर्न जरुरी देखिन्छ।यदि साच्चिकै सेवा गर्ने मन हो भने दर्ता गरि कानुनसम्मत रुपमा सन्चालन गर्न नितान्त जरुरी छ।यसको नकारात्मक प्रभाबले व्यवशायिक मिडियालाई दख्खल पुगेको देखिन्छ।

प्राश्न: विशेषगरि सामाजिक-आर्थिक विकासको सवालसँगै आम जनतलाई जनचेतना पैदा गर्ने अभियानमा पत्रकारको भुमिका कस्तो रहेको छ?

जवाफ: समाचार सम्प्रेषण गर्ने तत्कालै घटनाको सत्य-तथ्य जानकारी प्रवाह गर्ने अभियानमा पत्रकारहरु अब्बल दर्जामा आउछन।खासगरी समाजिक -आर्थिक विकासमा पत्रकारको भुमिकालाई लिएर खोट लाउने ठाँउ पक्कै छैन।पछिल्लो समय हाम्रो मुलुक संघियतामा प्रबेश गरेको परिप्रेक्षमा प्रदेश सरकार एवं स्थानीय सरकारका कामकारवाहीको विषय तथा नयाँ एेन नियमको सन्दर्भमा आमजनतालाई तत्काल खबर पुर्याउने काम भई राखेको छ।नयाँ परिवेशमा मुलुक प्रवेश गरेको अवा स्थामा पक्कै पनि धेरै कुरा परिवर्तन भएको पनि हुन्छ।त्यो सेरोफेरोमा पत्रकारहरुले केही विषय जानकारी लिनु पर्ने हुन्छ। अन्न्यथा सक्रियताका साथ आम जनतालाई सेवा प्रदान गरेको अवस्था हो।37867850_2090562290954370_3416136070054543360_n

प्रश्न: समाचार सम्प्रेषण तथा सूचना प्रवाह गर्ने दौरानमा संचार क्षेत्रले कतिपय सन्दर्भमा कठिन परिस्थितिको सामाना गरिरहेको छ।तपाँई एक अनुभवि पत्रकारको नजरमा राज्यले के सहयोग गर्नुपर्ने खाँचो औँलाउनु हुन्छ?

जवाफ: पत्रकारिता पेशा नै सापेक्षरुपमा भन्नू पर्दा जोखिमपूर्ण पेशा हो।धेरै पत्रकार साथिहरु अत्यन्त जोखिम मोलेर काम गरिरहेको पृष्ठभुमि छ।खासगरी यो दौरानमा कताबाट धम्की र चुनौती आउँछ भन्ने निश्चितता नै हुँदैन।मैले पछिल्लो रुपन्देहीमा घटेकाे बब्लु हत्याकाण्डको सन्दर्भमा केही विषय उल्लेख गर्न चाहान्छु।जतिखेर बब्लुको हत्या भएको थियो, त्यो समय रुपन्देही विक्षिप्त अवश्थामा थियो।ठ्याक्कै त्यहि समयमा चर्चित डन मनोज पुनले मलाई फोन गरेर हत्याको जिम्मेवारी लिए।सुरुवाती चरणमा मलाई पनि त्रास पैदा भयो, तर पनि मैले आफ्नो जिम्मेवारी बोध गरेर रेकर्ड गरि युट्युब च्यानल तथा अन्य मिडिया हाउसमा पनि पठाए।त्यो प्राथमिकतासाथ प्रसारण भयो।रुपन्देहीमा धेरै ब्यपारि बेबसायी उक्त व्यक्तिबाट आजित भएका थिए, यध्धपी खुलस्त रुपमा भन्ने अवस्था थिएन।जतिखेर हामिले निर्बाधरुपमा अ्मानबिय घटनाका बिरुद्ध निर्बाध समाचार सम्प्रेषण गरे।यसको प्रभावले ती क्रुर अपराधीक घटना कमी भए।आम जनताको लागि यो एउटा ज्वलन्त उदाहरण हो।यसरी ज्यानको जोखिम राखेर काम गर्ने पत्रकारलाई सरकारले सुरक्षा दिनु अपरिहार्य छ।अर्को तर्फ राज्यले मापदण्ड पनि तयार गर्न जरुरी छ।वर्षौ देखि सेवा गरिरहेको र नयाँलाई पनि उही किसिमले नजरअन्दाज गरिनु हुँदैन।उनीहरुको सेवा, जिम्मेवारी वर्गीकरण गरेर सम्मान तथा यथोचित मुल्यांकन हुनु जरुरी छ।

kalash.jpg

प्रश्न: नवआगन्तुक भाइबहिनीहरुलाइ के सल्लाह सुझाव दिन चाहानुहुन्छ! अन्तमा आगामी दिनमा पत्रकारिता क्षेत्रको भबिस्य कस्तो आकलन गर्नु भएको छ?

जवाफ: पक्कै पनि जुन सुकै क्षेत्र पनि पुरानो गाडीले मात्र त चल्दैन।समाज विकास र परिवर्तन गर्ने सवालमा नयाँ युवा पिढिकाे जोस र जागरलाई समायोजन गर्नु पर्दछ।पत्रकारिता साच्चिकै योगदान दिन्छु भनेर कोहि आउँछ भने हामी हृदय देखि नै स्वागत गर्छौ।यो केवल रहर र मनोगत इच्छाले मात्र सम्भवा हुने विषय होइन।तसर्थ सामाज विकाससंगै राष्ट्रिय विकासमा पहरेदारिको भुमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई हामीले ढाडस दिने छौँ।नयाँ पत्रकारहरुको उत्पादन हुन जरुरी छ, ताकी हामिले गरेको कार्यको उत्तराधिकारीको रुपमा उनीहरुनै आउने छन्।अर्को तर्फ बुटवलमा एउटा मात्र बिट पत्रकारिता गर्छु भनेर तत्काल सम्भव नहोला किनकी त्यो खालको वातावरण र प्रशिक्षण पत्रकारहरुले पाएका छैनन्।राष्ट्रिय मिडिया पनि हेर्नू पर्ने सन्दर्भमा यो परिस्थिति छ।यद्यपि सन्चार माध्यमले पनि बिट पत्रकारितालाई विकास गर्न तालिम तथा प्रशिक्षणको व्यस्था गर्नु पर्दछ। मेरो सफलता र समृद्धिको लागि सदैब प्रेरणादायी भूमिका खेल्नुहुने मेरा बुवा स्वर्गीय सोमकान्त ज्ञवाली र आमा सीता ज्ञवाली लगायत चार जना दाजुहरुलाई हार्दिक नमन गर्न चाहन्छु । अर्कोतर्फ जीवनसङिनी कल्पना ज्ञवालीको पनि अपार सहयोग छ । उनलाई र तीन वर्षकी छोरी
कृतना ज्ञवालीलाई पनि हिर्दयदेखि धन्यवाद दिन चाहन्छु ।
अन्त्यमा नेपाल बाहिर प्रवासमा रहेर पनि सत्य -तथ्य सुचना प्रवाह गरेर सबल राष्ट्रनिर्माणमा उच्च योगदान दिइरहेको पोल्यान्ड नेपाल अनलाइन खबरलाई हार्दिक आभार व्यक्तगर्दछु।साथै मेरा केही भनाइ राख्ने शुभ – अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दछु।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.