नेपाली सिने जगतकी चर्चीत नायिका केकी अधिकारीले पोल्यान्ड नेपाल सितको भेटमा आफुलाई पोल्यान्ड धेरै मन परेको र नया सिनेमाको लागी गीत शुटिङको लागी फेरि पोल्यान्ड आउने जानकरी दिएकी छिन् । आफुलाई पोल्यान्ड धेरै मन परेकोले र फेरी आउदा पोल्यान्ड नै आउने जानकारी पनि अधिकारीले गराइन् ।
स्मरण रहोस् स्पेनको म्याडृडको कार्यक्रम सकेर पोल्यान्ड वारसवाबाट कतार एअरलाइन्सबाट नेपाल केकि अधिकारी फर्किसकेकी छिन ।
सिनेमा कोहलपुर एक्सप्रेसको प्रदर्शनको शिल शिलामा पोल्यान्ड आइपुगेकी केकि अधिकारीको साथमा झन्डै २०० जनाको उपस्थितिमा पोल्यान्डको सिनेमा हलमा उक्त सिनेमा प्रदर्शन भएको थियो ।
स्मरण रहोस् पोल्यान्डमा हरेक महिना एक पटक नेपाली सिनेमा प्रदर्शन भैरहेको छ । धेरै जसो सिनेमा कलिउड पोल्यान्ड परिवारले लिइरहेको छ ।
युवराज अडाइको विशेष निमन्त्रणामा पोल्यान्ड आएकी केकि अधिकारीलाई साथमा राखेर नेपाली सिनेमा प्रदर्शन गराउन पाउदा आफुलाई खुशी लागेको जानकारी कलिउड पोल्यान्डका सुरज कार्कीले जानकारी गराएका छन् ।साथै विप्लब गणेश बोहोरा लगायत विभिन्न व्यक्तिहरुको विशेष व्यवस्थापन र साथ प्रति कार्कीले आभार प्रकट गरेका छन् ।
स्मरण रहोस् एन आर एन ए पोल्यान्डका अध्यक्ष श्री गोपाल राइले पनि विभिन्न सामाजिक सन्जाल मार्फत र उपस्थिति भएर सिने प्रदर्शन गर्न र गराउन साथ दिएकोमा कलिउड पोल्यान्डका सुरज कार्कीले आभार प्रकट गरेका थिए ।