कलश खरेल
२६ जुलाई, वार्सावा । खासगरी बिगत केही समयको अन्तरालदेखि संचारकर्मीको लगाव एवं झुकाब गीत- सङ्गीत सृजनामा बढ्दै गएको उत्कृष्ट गीति एल्बमहरुबाट नै पुष्टि हुन्छ।बिरेन्द्र कुंवर सायद संचार क्षेत्रमा चिनाइरहनु पर्ने नाम होइन।उनको काबलियता केबल पत्रकारितामा मात्र सिमित रहेन गीत – सङ्गीतको एक कुशल सर्जकको रुपमा मुखारित भएका छन्।पछिल्लो समयको तीज गीत मालीगाईमा उनको माधुर्य शब्दलहरी नै ज्वलन्त उदाहरण हो।छोटाे समयमै आम दर्शक- श्रोतामाझ अत्याधिक लोकप्रिय भएको यस एल्बममा मौलिकता,सामाजिक परिदृश्य एवं गहिरो पबित्र प्रेम सम्बन्धलाई उजागर गरिएको छ।प्रेमिकाले लामो समय सम्म प्रेमिलाई पर्खदा पनि भेट्न नाआएको गुनासो ब्यक्त गरिरहेकि छिन् भने उता प्रेमी बिदेशको जन्जालमा फसेको आर्थिक भारले गर्दा आउन नपाएको तितो यथार्थ पोखेका छन्।युवा सर्जक बिरेन्द्र कुंवरको शब्द रचनामा युवा गायक कुलेन्द्र बिश्वकर्मा र पार्बता पाण्डेको कर्णप्रिय अवाज साङ्गीतिक कोशेलीमा समेटिएको छ। विष्णु भट्टराईले निर्देशन गरेको मनोरम म्युजिक भिडियाेमा कुसुम थापा मगर, तिलक नेपाली, रोश्नी खड्का, जीवन थापा, ज्योती गिरीले अभिनय गरेका छन् । भिडियोको कोरियो ग्राफर बुटवलका किशोर थापाले गरेका हुन् ।उक्त गीतको सङ्गीत समायोजन विश्वास नेपालले गरेका छन्।