लश खरेल
२५ जुलाई, वार्सवा । गीत सङ्गीतको कुनै दायरा र मापदण्ड हुँदैन जस्तोसुकै दर्जाको मानिस सङ्गीतमा खरोरुपमा उत्रिन सक्छ भन्ने ज्वलन्त उदारहण हो चर्चित संचारकर्मी शितल र सन्जय सौगातको गीति एल्बम कुटुमा कुटु।पछिल्लो समय यथेस्ट गीतहरु बजारमा आइरहदा कुन गीतको धुनमा रम्ने भन्ने विषय दर्शकलाई छुट्टाउन हम्मे-हम्मे परेको परिवेशमा यो साङ्गीतिक कोशेलीमा सुरुवाती चरणदेखि नै आम दर्शक – श्रोता झुमेका छन्।खासगरी युवायुवतीबीचमा नाच्ने प्रतिस्पर्धा नै यो गीतमा देखिएको छ। आफ्नो लरक्क कम्मर मर्काइको नाचले मानिसहरु तुरुन्तै झुम्मिएको केटी पक्षबाट वकालत गरिएको छ भने केटा पक्षबाट अनावश्यक फुर्ती नलगाउन सुझाइको छ।अत्यन्त मिठो दोहोरीमा हाँस्य कलाकारको बेजोड प्रस्तुतिले गीतलाई सुगन्धता थपेको छ।अनौठो संयोग के छ भने गीतको शब्द रचना,स्वर स्वयं कलाकार सन्जय सौगात र शितल शर्माले गरेका छन।गीतको लय र सङ्गीत सौगातको रहेको येस गीति एल्बममा सङ्गीत सम्योजन भने चर्चित गायक तिलक वलिले गरेका छन।काजिश श्रेष्ठले निर्देशन गरेको उक्त गीतमा रविता मगरको मनोमहक नृत्य सङ्गै हाँस्य कलाकार उज्ज्वल गिरी दानविरको पनि दमदार प्रस्तुती रहेको छ।गीतको बजार व्यवश्थापन शितल मिडिया मार्फत गरिएको छ।
शित्तल शर्माले केही दिनअघि मात्रै ख्याती प्राप्त सर्जक शिव हमाल, गायिका कला सम्सालसंगको सहकार्यमा ‘महारानी’ तीजको गीत सार्वजनिक गरिसकेकी छिन् । उनका पानी जहाज, आर्थिक समृद्धि लगायतका यल्बमहरु चर्चामा छन् त्यस्तै सौगातले पनि यस अघि बम्बईको साडी, रसै चाख्नलाई, संगै बसम् लगायतका चर्चित एल्वमहरु बजारमा पस्किसकेका छन्
भिडियोको लागि यो लिंक क्लीक गर्नुहोला