कलश खरेल
२५ जुलाई, वार्सवा । पछिल्लो समय निकै रोचक र उत्कृष्ट साङ्गीतिक कोसेलीहरु बजारमा पस्किरहेका गुल्मेली युवा गायक दीपक परियारको नयाँ गीति सङ्ग्रह लुकि – लुकि भेट्न् आउ काली प्रकाशित भएको छ।लुकि लुकि लाउँदाको प्रेम,अन्तरमन,सामिप्यतालाई सबल र तन्दुरुस्त रुपमा उतारिएको छ।जतिखेर केटी वा प्रेमिका प्रेमिको घरमा लुकि लुकि भेट्न आउँदा प्रेमी हर्षविभोर हुँदै मायामा पूर्ण रुपमा भएको सन्दर्भलाई गीतमा उतारिएको छ।नितान्त मौलिक शैलीमा बजारमा आएको यस एल्बममा दीपक परियार र शर्मिला बि.सि।ले समधुर आवाजमा स्वर भरेका छन् जसमा शब्द संकलन दीपक कंडेल र रामु जि.सि कमलको रहेको छ भने अभिनय पछिल्लो समयकी चर्चित मोडल अन्जली अधिकारी र विशाल ज्ञवालिले गरेका छन्।एकिन्द्र सारा शंकरले निर्देशन गरेको म्युजिक भिडियोलाई ताराखोला म्युजिक प्रा.लि ले बजार व्यबस्थापन गरेको छ ।