कलश खरेल
२४ जुलाई, वार्सावा । पछिल्लो समय नेपालि बजार हरितालिका तीजमय भएको छ। खासगरी विभिन्न तीज कोशेली बजारमा आइरहदा कुन श्रस्टाकाे गीत भनेर आंकलन गर्न हम्मे हम्मे भैरहेको सन्दर्भमा पृथक एवं फरक शैलीमा “बत्ति बाल्न पर्दैन भाग -३ यहि माया हो” बजारमा आएको छ।समसामयिक बिषय-वस्तु खासगरी प्रेमी -प्रेमिका बिचको मायालई बेजोडरुपमा प्रस्तुत गरिएको छ।पोहोर सालको तीजमा भेट हुदा एक अर्का बीचमा नजर बस्यो पुर्णता पाउन सकेन तर यसपाली खुलस्त हुन खोजिए पनि आफ्नो मान्छे जम्काभेट हुँदा कहि न कहि लाज लाग्ने प्रेमी- प्रेमिकाबीचको मनोरम सम्बादलाई गीतले समेटेको छ।बहुआयामिक गायक पशुपति शर्माको लय-शब्दमा तयार पारिएको साङ्गीतिक एल्बममा स्वर सुन्दरी गायिका सम्झना भण्डारी र स्वयं गायक शर्माको रहेको छ।
मनोरम गीतको भिडियाे निर्देशन प्रकाश भट्टले गरेका छन् भने अभिनय पनि स्वयं गायक-गायिकाले नै गरेका छन।उक्त गीतको बजार व्यवस्थापन पृथ्वी इन्टरटेनमेन्ट प्रालिले गरेको छ।