नेपाली लोक सङ्गीत बजार बर्तमान समय विभिन्न तीजगीतका कोशेलिहरुले ताल नै बनेको छ।अत्यन्त प्रतिस्प्रधात्मक बजारमा पृथक शब्दलहरी सहित बहुप्रतिभाशाली गायिका इन्दिरा गैरेको एल्बम जुल्फी लर्काउदै भखरै बजारमा आयेको छ।पुर्ण मनोरञ्जनात्मक शैली एथेस्ट मौलिकता समेटिएको येस साङ्गीतिक कोशेलिले आम दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।पोहोर सालको तीजमा नजर जुदेको प्रत्यक्ष खुलेर प्रेमलाइ अभिव्यक्त गर्न नसकिएको सेरोफेरोमा अहिलेको पर्बमा सफल बनाउने उदघाेष प्रेमिकाले गरेकी छन भने प्रेमिले गाडीमा जादा दाङ्गको बसमा भेट् भएको तर आकर्षण र मनको भाबलाइ खुलस्त पार्न मौका नमिलेको तर यसपाली माया सङ्गै नाचेर प्रेमलाइ उत्कर्शमा पुराउने प्रण गरेका छन।समधुर आबाजकि प्रणेयता गायिका इन्दिरा गैरे र गायक बिरु घर्ती मगरको मनमोहक आबाजमा स्वरबद्ध गरिएको येस गीतमा शब्द शरद पाण्डे ,लय श्याम के.सि र गायिका स्वयं गैरेको तथा निर्देशन -छायांकन बिस्नु भट्टराईको रहेको छ।पछिल्लो समयका चर्चित मोडल राज के .सि र सुदिक्षा न्यौपानेले अभिनय गरेको उक्त एल्बमको बजार व्यवस्थापन मालती डिजिटल प्रालिले गरेको छ।