कलश खरेल
२१ जुलाई, वार्सावा । खासगरी बिगत केही समयदेखी नेपाली सङ्गीतबजार ब्रगेल्ती तीज गीतले ढाकेको छ।एकोरो आधुनिकता शैलिमा क्षणिक मनोरञ्जन आभास हुने गीत बजारमा आइरहेको बेला आम नेपालिको बिदेशमा भोगेको कथा-बेथालाइ येथार्तपरक ढङ्गले युबा गायक राजेश बर्देवाले जनप्रिय तीज गीत सबै प्रदेशमा समेटेका छन।चाडवाडको बेला श्रीमान बिदेशमा हुने श्रीमती सङ्ग खुशी साटासाटगरि गीत गाउदै नाच्न नपाएको पिडालाई गीतले उजागर गरेको छ।श्रीमतिले घरमा मेलापात गरि घाँस दाउरा काटदै श्रीमान सङ्ग सङ्गै बिताएको पल सम्झिदै एक्लोपनाको चित्रण गरेकी छन। फोन सम्बादमार्फत आफ्ना मार्मिक दुखका वैभवहरुलाइ श्रीमानसामु बेक्त गरेको देख्न सकिन्छ।नेपाली समाजमा रहेको तथ्यगत परिदृस्यलाई उजागर गरि जनचेतनामूलक सन्देस यश गीतले दिएको छ।
उत्कृष्ट शब्दलहरिमा स्वर गायक राजेश बर्देवा र सरिता प्रजापतिको रहेको छ भने शब्द रचना,सङ्गीत पनि स्वयं गायक बर्देवाले नै गरेका छन।विशाल बैरागिको निर्देशनमा तयार पारिएको यस एल्बमलाई स्पस्ट खबर मिडियाले बजार व्यवस्थापन गरेको छ।