Kalash Kharel Warszawa Poland
हरेक बर्ष सुपर हिट तीज गीत बजारमा ल्याइरहेकी गायिका शिलु भट्टराईले यो सालको तीजको पुर्ब सन्ध्यामा मनोमहक गीत प्रकाशित गरेकी छन।खासगरी ठट्यौली स्वरलहरिमा सजिएको यश गीतले केटी र केटाको मस्त जबानिलाइ खुलेर वणन गरेको पाइन्छ।केटी पक्षले आफ्नो सुन्दरता र बनावटका सामु सबै नतमस्तक रहेको दाबी गरेकी छन भने अर्को तर्फ केटा पक्षले पनि आफुलाइ कम नआक्न प्रतिबाद गरेको गीतको भाबवाट प्रष्ट झल्किन्छ।खासगरी बिबाह पुर्ब हुने माया,आकर्षण,जबानिलाइ बेजोडरुपमा एल्बमले प्रस्तुत गरेको छ।
शिलु भट्टराई र खुमन अधिकारिको मनै लोभ्याउने शब्दलहरिमा स्वरबद्ध गरिएको एल्बममा बहुचर्चित सर्जक रमेश बिजिको शब्द सम्योजन रहेको छ।क्रान्ति केसिको उत्कृष्ट निर्देशन रहेको उत्त गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल जेम्स बिसि र लोशिया एल्सिले अभिनय गरेका छन।
उत्त गीतलाइ आशिष् म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ।