कलश खरेल
२० जुलाई, वार्सावा । मौसम अनुसार नेपाली गीत सङ्गीतले कुनै न कुनै रुपमा चर्चा बटुलिरहेको हामी प्रत्यक्ष रुपमा आभाष गरिरहेका हुन्छौ। पछिल्लो समय नेपाली सङ्गीत बजार नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजले तताइरहेको छ।विभिन्न गायक -गायिका बिचमा एल्बम प्रकाशित गर्ने होडबाजीनै चलेको छ।यहि सेरोफेरोमा अत्यन्त समधुर शब्दलहरी सहित गायिका कल्पना कुसुमको तीज कोशेली सङ्गीनी बजारमा आएको छ।चर्चित मोडल एवं पूर्व मिस नेपाल उषा खड्किको अभिनय रहेको यस एल्बममा मौलिकता, नेपाली महिलाहरूको पहिरन,भेषभुषालाई मिश्रणका रुपमा उतारिएको छ।साधारण र चलनचल्तीका शब्दहरुद्वारा रचना गरिएको भएता पनि गीत अब्बल दर्जाको बन्न सक्छ भन्ने ज्वलन्त उदाहरण हो एल्बम सङ्गीनी।मनै लोभ्याउने आवाज धनी गायिका कल्पना कुसुमको स्वयम् स्वरमा सजिएको यस गीति एल्बममा शब्द रचना -राज कुमार बगर,सन्ङ्गीत रोहित सुवेदी,दृश्य समायोजन उत्तम हुमागाइ तथा निर्देशन निकेश खड्काले गरेका छन्।यस गीतले मौलिक पारामा आम दर्शक -श्रोतालाइ मनोरञ्जन प्रदान गरेको छ । यस एल्बमको भने बजार व्यबस्थापन पुष्पाजली म्युजिक कम्पनिले गरेको छ।