कलश खरेल
२० जूलाई, वार्सावा। पछिल्लो समय विभिन्न तीज गीति एल्बम सार्बजनिक भइरहेको सन्दर्भमा चर्चित संचारकर्मी एवं गायिका शितल शर्माको तीज गीत महारानी सार्बजनिक भएको छ।रिलिज भएको केही समयमै आम दर्शक -श्रोतामाझ अत्यन्त लोकप्रिय भएको यस साङ्गीतिक कोशेलीमा विशेषगरि सासु-बुहारी र श्रीमान बिच तिब्र दन्द्ध भएको देख्न सकिन्छ।
खासगरी परिवारमा हुने कलह, झैँ-झगडालाई खरो रुपमा भिडियोमा उतारिएको छ।तीज आउने पुर्व सन्ध्यामा बुहारीले माइत जाने प्रस्ताव राख्दा सासू र श्रीमानले अनेकौ घोचपेच सहित तिब्र असन्तुष्टि ब्यक्त गर्छन्। बुहारी पनि के कम चर्को जबाफ फर्काउन अभ्यस्त हुन्छिन।यस्तै- यस्तै समसामयीक विषय समेटिएको यस एल्बममा यथार्थ परक सामाजिक परिदृस्यलाई उल्लेख गरिएको छ।चर्चित गीतमा शब्द रचना शिव हमाल,स्वर स्वयं शिव हमाल,शितल शर्मा,कला लम्सालको रहेको छ भने अभिनयमा चर्चित हास्य कलाकार राजु मास्टर,स्वयम् गायिका शितल शर्मा र कला लम्साललाई देख्न सकिन्छ।निर्देशन दुर्गा पौडेलले गरेको उक्त एल्बमलाई शितल मिडियाले बजार व्यवस्थापन गरेको छ।