कलश खरेल
१७ जुलाई, वार्सवा । नेपालमा महिलाहरुले विशेष पर्वको रुपमा हरितालिका तीजलाई मनाउदै आएको हामीमाझ एेतिहासिक पृष्ठभुमि छ।परापुर्व कालमा आफ्नो दु:ख, वेदना र पिडालाई तीजगीतका माध्यमबाट मुखारित गर्ने प्रचलन थियो।यति सम्मकी सासू बुहारीबीचको अंतरदन्द्ध,असन्तुष्टि,चेलिबेटीको माइतीको झल्को गीतबाट प्रस्फुटन गरिन्थ्यो।पछिल्लो समय गीतको भाव,शैली र गायन कलामा परिमार्जन गरि श्रीमान – श्रीमती वा प्रेमी -प्रेमिका बिचको माया,स्नेह,सदभाब तथा भालाकुसारिलाई बेजोड रुपमा प्रस्तुत गरिएको गीतबाट प्रष्ट हुन्छ।गीत-सङ्गीतकै विविध पक्ष केलाउने क्रममा पछिल्लो समयकि चर्चित संचारक्रमी एंव बहुप्रतिभाशाली गायिका शितल शर्मालाई पोल्याण्ड -नेपालको विशेष सम्बादमा जोडेका छौ।
बागलुङको धोरपाटनमा साधारण परिवारमा जन्मिएकी शर्मा बाल्यकालदेखीनै तिक्ष्ण प्रतीभाकि थिईन्।उच्चस्थरको शिक्षा लिने क्रममा बागलुङ्गबाट बुटवल झरिन।बुटवलमा उनको सक्रियता केबल अध्यनमामात्र सिमित रहेन बिस्तारै संचार माध्यममा आवद्ध भएर धाराप्रवाहरुपमा उत्कृष्ट उद्घोषण मार्फत आम दर्शक -श्रोतालाई मन्त्रमुग्ध बनाइन।त्यो क्रममा धेरै कलाकारसंगको निकटताले उनलाई पनि सङ्गीतको माधुर्यताले आकर्षण गर्यो।परिणामस्वरुप पानीजाहाज गीति एल्बम मार्फत उनको औपचारिक गायन यात्रा सुरु भयो।केहि समय अगाडिदेखि नेपाली बजार तीजको माहोलले तताइ रहंदा उनका दुई एल्बम महारानी र कुटुमा-कुटु एकसाथ प्रकाशित भएका छन।दर्शकको मन छुन के – कस्ता शब्दलहरी समेटिएका छन भन्ने सन्दर्भमा तपाईं -हाम्रै मन-मनकी गायिका,गला र कलाकी धनी शितल शर्मासँग पोल्याण्ड -नेपालका सम्पादक कलश खरेलले गरेको रोचक कुराकानी …
प्रश्न: खासगरि सबैको ध्यान केन्द्रित र चासोको विषय तपाईंको साङ्गीतिक यात्रा कसरी सुरु भयो?
जवाफ: सुरुवातमा विभिन्न टेलीभिजन,रेडियो एफएममा कार्यक्रम सन्चालन गरे।त्यो दौरानमा विभिन्न गायन क्षेत्रका कलाकारसङ्ग अन्तरङ्ग भेट तथा संवादमा मेरो मन सङ्गीतको परिदृश्यमा कुनै काेणबाट झुम्यो।उद्घोषण गर्ने क्रममा गीतहरू गाउन सुरु गरे।दर्शक -श्रोताले पनि आवाजलाई निकै मन पराइदिनु भयो।परिणाम स्वरुप गायनयात्राले सार्थकता पायो।
प्रश्न: बजारमा तीजको माहोल निकै तातेको छ भने अर्कोतर्फ गायक-गायिका र सर्जक बीचमा तीजको एल्बम प्रकाशित गर्ने रस्सा – कस्सीनै चलेको छ।यो तिब्र प्रतिस्पर्धाका बीचमा तपाँईको तीज गीत महारानी र कुटुमा कुटु आएका छन।आम दर्शक -श्रोताले कुन काेणबाट पृथकताको अनुभूति गर्ने?
जवाफ: सङ्गीत बजार आफैमा फराकिलो र सङ्गम स्थल हो।कलाकारिता गर्ने क्रममा कलाकारबीचमा सहकार्य एवं स्वच्छ प्रतिस्पर्धा हुनु स्वभाबिक हो यो प्रक्रियालाई रस्सा कस्सिको जोड घटाउमा लैजानु उपुत्त हुदैन।
अर्कोतर्फ महारानी र कुटुमा कुटु एल्बम एकसाथ बजारमा आएका छन पक्कै पनि दुबैले आम दर्शकलाई फरक अनुभूति दिनेछन।महारानीले व्यक्तिको जीवन भोगाइ,पिडा,मर्म र कुन्ठित कथालाई उजागर गरेको छ भने कुटुमा -कुटुले पुर्णरुपमा मनोरञ्जन प्रदान गर्ने छ।
प्रश्न: बिशेषगरि तीज गीतमा पनि बिकृति-बिसङ्गती मौलायो, मौलिकता र सस्कृतिलाइ चटक्कै बिर्सेर पश्चिमा संस्कृतिको नक्कल गरि भिडियोमा मोडललाइ अर्धनग्न नचाएका कारण परिबार सङ्गै बसेर पनि हेर्न नमिल्ने अबस्था छ भन्ने गम्भीर आरोप छनी येसमा तपाईंको धारणा के छ?
जवाफ: समय र कालखण्ड अनुसार गीतको शैली र भावमा दर्शकको अपेक्षा अनुसार परिमार्जन हुनु जरुरी छ। यध्ध्पी हरेक समय कलाकारलाई मात्र दोष दिएर उम्किन मिल्दैन।यदि कसैले मौलिकता विपरित उत्षृखंल गीत बजारमा ल्याउछ भने मूल्याकंन गर्ने न्यायाधीष दर्शक – श्रोता हुनुन्छ।गलत पक्षलाई उहाँहरुले नै निरुत्साहित गर्न जरुरी छ यधपी समयसापेक्ष परिमार्जन सहित मौलिकतालाई थाती राखेर लोक गीत सङ्गीतलाइ जिबन्त राख्न अपरिहार्य छ।
प्रश्न: पुन तपाईंको एल्बम तर्फै जाउ तीज गीत महारानी र कुटुमा कुटु गीतको सृजना कसरी भयो?
जवाफ: मेरो गायन यात्रामा महत्त्वपूर्ण कडीको रुपमा महारानी गीतको सृजना भएको छ यो अत्यन्त उत्साहप्रद क्षण हो।यो उत्कृष्ट सृजना मेरो आग्रहमा सुपरिचित गायक एवं सर्जक शिव हमाल दाजुले गर्नु भएको हो।यो गीतमा स्वर स्वयं मेरो,दाजु शिव हमाल एवं प्रिय साथी कला लम्सालको रहेको छ।
जुन गीत मेरो आफ्नै युट्युब च्यानल (Youtube channel) मार्फत बजारमा आएको छ भने अर्को तर्फ कुटुमा-कुटु एल्बम आदरणीय दाजु संजय सौगात र मेरो सहकार्यमा बजारमा आएको हो।
प्रश्न: तपाईं स्वयं सुपर्सिद्ध सन्चारक्रर्मी एवं लोकप्रिय गायिका भएको सन्दर्भमा यी गीतले सोझो अर्थमा के सन्देश दिन खोजेका छन आम नेपाली दिदिबहिनीहरुलाई स्पष्ट पारिदिनु हुन्छ कि?
जवाफ: अपवाफ फैलाउने प्रचार गर्नु मनासिव हुदैन तर महारानी एल्बमले व्यक्तिगतगत जीवनसँग मेल खाने सन्देश दिएको छ। यसले जीवनको उतार -चढाब,सुखदुःख एवं मनोरञ्जनलाई प्राथमिकतामा राखेको छ।अर्कोतर्फ कुटुमा कुटुले पुर्ण मनोरञ्जन प्रदान गर्ने छ।
प्रश्न: अन्त्यमा के भन्न चाहानु हुन्छ?
जवाफ: विशेषगरि पोल्याण्ड-नेपाल परिवारलाई हृदयदेखिनै हार्दिक आभार व्यक्त गर्न चाहन्छु।साथै आजका दिनसम्म अभुतपुर्व माया दर्शाउने दर्शक -श्रोताप्रती कृतज्ञ छु।आगामी दिनमा पनि मेरा सृजनालाई माया गरि उचित सल्लाह -सुझावको आम दर्शक – श्रोताबाट अपेक्षा गर्दछु।