पोल्यान्ड नेपाल र डियर कल्याण साहित्य परिवारको आयोजनामा दाङमा आज कविता प्रतियोगिता हुँदै

FB_IMG_1531457564393

२०५ औं भानु जयन्तीको अवसरमा देउखुरीको गढवामा शुक्रवार देउखुरी स्तरिय अन्तर माध्यमिक विद्यालय तहको कविता प्रतियोगिता हुने भएको छ । पोल्याण्ड डटकम नेपाल र डियर कल्याण साहित्य परिवारको संयुक्त आयोजना र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको संयोजनमा गढवास्थित पुस्तकालयको सभाहलमा कार्यक्रमको आयोजना गरिएको पोल्याण्डबाट आयोजक हिमोढ पहाडीले जानकारी गराउनु भएकाे छ । उक्त कार्यक्रममा देउखुरी क्षेत्रका २२ वटा मावि तथा उच्च मावि का ४४ जना छात्र छात्राले प्रतियोगीको रुपमा भाग लिने भएका छन् भने कार्यक्रममा अप्रतियोगी स्रष्टाका रचनाहरु पनि वाचन हुनेछन् । सो कार्यक्रमलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा फेसबुक लाईभ गरिने पोल्याण्ड डटकम तथा डियर कल्याण साहित्य परिवारका नेपालस्थित जिम्मेवार प्रतिनिधी हिमा भुसालले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम हुने लाई २ हजार ५ सय, द्वीतीय हुनेलाई २ हजार, तृतीय हुनेलाई १ हजार ५ सय र सान्त्वनालाई १ हजार नगद तथा प्रमाण–पत्र प्रदान गरिने भएको संयोजन गर्ने संस्था देउखुरी सामुदायिक पुस्तकालयले जनाएको छ । कार्यक्रममा उपस्थित हुन सम्पुर्ण साहित्यकार, प्रतियोगी तथा साहित्यानुरागी सबैलाई पुस्तकालयले अनुरोध गरेको छ ।

received_288426038560196.jpeg
साहित्यिक गतिबिधिलाई अगाडि बढाउन पोल्यान्ड नेपाल साहित्यिक संयोजक हिमोढ पहाडी दत्तचित्त भएर लागेकोमा पोल्यान्ड नेपाल परिवार हार्दिक आभार प्रकट गर्दछ । पोल्यान्डबाट उक्त कार्यक्रमलाई पोल्यान्ड नेपालका प्रधान सम्पादक मित्र लाल पार्देले शुभकामना सन्देश प्रेषित गर्ने भएका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.